Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

हाम्रो कोशी आवाज
जेष्ठ ३१ २०८०, बुधबार
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

धरान:खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ७ दोर्पा स्थितमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा मृतकका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ नेर्पा घर भई हाल मझुवागढी ७ बस्दै आएका ३२ वर्षीय बालजीत राईले मंगलवार साँझ ७ बजे सामान्य बादबिवादका कारण आफ्नै श्रीमती २८ वर्षीय सरीता तामाङलाई कुटपिट पश्चात खुकुरी प्रहार गरी हत्या गरेको भन्ने सूचना पाए संगै जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले श्रीमानलाई खोजतसाल गर्ने क्रममा घर नजिकै रहेको जंगलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । हत्या गरेको आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ ३१ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend