धरानः पेटसम्बन्धी समस्या जटिल भएपनि यसको सजिलै चेकजाँच गर्न सकिन्छ र बेलैमा उपचार र खानपानमा ध्यान दिन सके रोगको निदान पनि गर्न सकिने डा. सन्दीपराज बज्राचार्यले बताएका छन् ।
ग्याष्ट्रिक अधिकांश नेपालीलाई हुने पेटको रोग हो । नियमित ग्याष्ट्रिक औषधि सेवन गर्नु पनि हानिकारक हुने भएकाले रोगका कारण पत्ता लगाएर मात्र औषधि प्रयोग गर्नु राम्रो हुने डा. बज्राचार्यले सल्लाह दिएका थिए । सिद्धि नेवाः परिषद् धरान–७ ले शनिबार अयोजना गरेको शिविरमा ७२ जना बिरामीको परीक्षण गरिएको थिए । बिरामीहरुलाई म्यानस फर्माले आवश्य औषधि निःशुल्क उपलब्ध गराएको थियो भने बिर्तामोड डायोनोस्टिक सेन्टर एण्ड पोलिक्लिनिक धरानले निःशुल्क प्रेसर सुगर परीक्षण गर्नुका साथै सहुलियत दरमा अन्य जाँच गर्ने सुविधा प्रदान गरेको थियो ।
सिद्धि नेवाः परिषद् नेवाः जातीय संस्था भएपनि सामाजिक उत्तरदायित्व पूरा गर्ने सबै जातजाति र वर्गलाई स्वास्थ्य सेवा दिन निःशुल्क स्वास्थ्य शिविरको अयोजना गरेको परिषद्का अध्यक्ष राजविमल श्रेष्ठले जानकारी दिए । अतुलदीप श्रेष्ठको संयोजकत्वमा सम्पन्न शिविरमा, हरिकृष्ण श्रेष्ठ, शिला बज्राचार्य, किशोर श्रेष्ठ, मनमोहन श्रेष्ठ, मदनमान अमात्य, दिनेश श्रेष्ठ, सरोज श्रेष्ठलगायतको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा परिषद्का निवर्तमान अध्यक्ष गोकुलप्रसाद श्रेष्ठले डा. बज्राचार्यले इन्टरनल मेडिसिनमा एम.डी., गैस्टाएटरोलोजी तथा हेपेटोलोजी विषयमा डी.एम. गरेका थिए भने बीपी प्रतिष्ठानको असिस्टेन्ट प्रोफेसर समेत भएकाले रोगसम्बन्धी विषशज्ञ सेवा पाउन सकेको र फलो अप गर्न पनि सजिलो भएको बताउँदै शिविरले धैरै जेष्ठ नागरिकहरुलाई सेवा दिन सकेमा खुशी ब्यक्त गरेका थिए ।
शिविरको समापन कार्यक्रममा पेटरोग विशषज्ञ डा. बज्राचार्य, म्यानस फर्माका एम.एस.ओ. किरण भण्डारी, बिर्तामोड डायोनोस्टिक सेन्टर एण्ड पोलिक्लिनिकका प्रोराइटर नरेन्द्र देव र कार्यक्रम संयाजक अतुलदीप श्रेष्ठलाई स्मृति उपहार प्रदान गरिएको थियो । सिद्धि नेवाः परिषद्ले धरानका विभिन्न रोगका विशेषज्ञ डाक्टरहरुबाट दुई दुई महिनामा स्वस्थ्य शिविर अयोजना गर्ने योजना बनाएको सिद्धि नेवाः परिषद्का महासचिव मोहन श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा नेवार एकता समाजका केन्द्रिय अध्यक्ष महेश श्रेष्ठ, धरान जेसीजका अध्यक्ष आशिषराज यादव, नेवा देय् दवूका नगर महासचिव दीपेन्द्र श्रेष्ठ, नेवाः देय् दवू जिल्ला उपाध्यक्ष सुरेन्द्रमान् स्थापित, धरान जेसीजका पूर्व अध्यक्ष अतुल श्रेष्ठ, मिसा दवूकी लक्ष्मी प्रधान, नेवाः पत्रकार दवूकी पूर्व केन्द्रीय सदस्य जमुना श्रेष्ठ, मिडियाकर्मी भोजराज श्रेष्ठ र अरुण राई तथा संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।


