Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बंगुरको मासुको मूल्य बढ्यो, उपमहानगरपालिकाले नै तोक्यो किलोको ४००, सिटी सफारी मंगलबारदेखि दर्ता हुने

हाम्रो कोशी आवाज
असार ४ २०८०, सोमबार
धरानमा बंगुरको मासुको मूल्य बढ्यो, उपमहानगरपालिकाले नै तोक्यो किलोको ४००, सिटी सफारी मंगलबारदेखि दर्ता हुने

धरानः धरान उपमहानगरपालिकामा बंगुरको मासुमा प्रतिकेजी ४०० रुपैयाँ तोकेको छ ।
३ गतेको निर्णयअनुसार धरान उपमहानगरपालिका क्षेत्रभित्र विक्री हुने बंगुरको मासुको अधिकतम खुद्रा मूल्य प्रति किलोग्राम रु ४०० (चार सय) तोकिएको उपमहानगरपालिकाको सूचनामा जनाइएको छ ।
३ गतेबाट लागू हुने गरी प्रतिकेजी ३ सय ६० रूपैयाँबाट मूल्य बढेर ४ सय हुन रुपैयाँ पुगेको हो । यसअघि धरान मासु व्यावसायी संघसंग आबद्ध भई धरान भित्र बंगुरको मासु बिक्री वितरण गर्ने सम्पूर्ण व्यावसायिक सदस्यहरुलगायतको छलफल चलेको थियो । त्यसपछि धरान उपमहानगरपालिकाले पनि यस विषयमा छलफल चलाएको थियो । मासु व्यवसायी संघका अध्यक्ष मदन तामाङका विगत केही वर्षदेखि बंगुरको मासुको भाउ वृद्धि भएको थिएन । बंगुरपालन गर्दै आएका किसानहरुलाई चारोको भाउ निरन्तर बढिरहँदा पनि मासुको भाउ नबढ्दा मारमा परेको उनले बताए ।
यस्तै, धरान उपमहानगरपालिकाले नै मंगलबारदेखि तीन पांग्रे ई–रिक्सा दर्ता गर्ने भएको छ । ३ गतेको निर्णयअनुसार धरान उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालन हुने इ–रिक्साहरुको ५ गते मंगलबारबाट दर्ता प्रक्रिया सुरुवात हुने बजार अनुमगन अधिकृत वेदराज सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति: असार ४ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend