Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इटहरीको अख्तियार टोलीले इन्जिनियर र कर्मचारीलाई घूससहित समात्यो

हाम्रो कोशी आवाज
असार ६ २०८०, बुधबार
इटहरीको अख्तियार टोलीले इन्जिनियर र कर्मचारीलाई घूससहित समात्यो

धरानः चार लाख घूससहित व्यवस्थापक, इन्जिनीयर र लेखापाल पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु.चार लाख घूस रकम सहित तीनजना कर्मचारीलाई पक्राउ गरेको छ । ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन एकाइ दमक, झापामा कार्यरत आयोजना व्यवस्थापक सहित तीन जना कर्मचारी पक्राउ परेका हुन् ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगको टंगाल र इटहरीस्थित कार्यालयबाट गएको संयुक्त टोलीले आयोजना व्यवस्थापक हुतराज चौहान, इन्जिनीयर रवीन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।
सडक निर्माणका लागि अन्तिम बिल भुक्तानी गर्न सहजीकरण गरिदिए बापत उनीहरूले निर्माण व्यवसायीबाट घूस लिएका हुन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता दाहालले जानकारी दिए ।

प्रकाशित मिति: असार ६ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend