धरानः लागूऔषध मुद्दामा फरार रहेका धरानका एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१५ का २८ वर्षीय सञ्जय तामाङ रहेको प्रहरीले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
झापा जिल्ला अदालतको मिति २०७५–०५–२५ गतेको सजाय निर्धारण फैसला आदेशले ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना बेरुजु रही फरार रहेका उनलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङलाई झापा जिल्ला अदालतमा बुझाइएको र तोकिएको कैद भुक्तानको लागी जिल्ला कारागार चन्द्रगढी बुझाइएको छ ।