Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बेहुली अन्माउन लाग्दा सुनसरीका बेहुला समातिएपछि…

हाम्रो कोशी आवाज
असार ८ २०८०, शुक्रबार
बेहुली अन्माउन लाग्दा सुनसरीका बेहुला समातिएपछि…

धरानः श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने एकजनालाई प्रहरीले बिहीबार झापाको गौरादहबाट नियन्त्रणमा लिएको छ। यसरी पक्राउ पर्नेमा सुनसरी, इटहरी-१९ का साजन चौधरी रहेको इलाका प्रहरी कार्यालय (दमक) ले जनाएको छ ।
गौरादह-२ झापाकी एक युवतीसँग विवाह गरी अन्माउने बेलामा प्रहरी पुगेको थियो । जेठी श्रीमतीको उजुरीका आधारमा चौधरीलाई विवाहमण्डपबाट नै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बेहुला पक्राउ परेपछि भने जन्तीको बिचल्ली भएको थियो ।
पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले बताए ।

प्रकाशित मिति: असार ८ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend