Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अर्कैले बनाएको सडक देखाएर कीर्ते गरी पैसा खाने प्रशासकीय अधिकृत, इञ्जिनियरसहित ७ जनाविरुद्ध मुद्दा दायर

हाम्रो कोशी आवाज
असार ८ २०८०, शुक्रबार
अर्कैले बनाएको सडक देखाएर कीर्ते गरी पैसा खाने प्रशासकीय अधिकृत, इञ्जिनियरसहित ७ जनाविरुद्ध मुद्दा दायर

धरान्ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माणका क्रममा अनियमितता गरेको आरोपमा ७ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
ओखलढुंगाको मोलुंग गाउँपालिका–२ स्थित काफलबोटदेखि होल्पु मिसन हस्पिटलसम्म नयाँ सडक निर्माण योजनामा कीर्ते गरी नक्कली फाइल खडा गरी अनियमितता गरेको अख्तियारको ठहर छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) ओखलढुंगाले निर्माण गरेको मशिनरी वाल र सडक देखाई उपभोक्ता समितिले निर्माण गरेको भनी गैरकानूनी लाभ प्राप्त गर्ने उद्देश्यले गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदनहरू तयार गरी÷गराई, स्वीकृत गरी ३ लाख ८२ हजार ५० रुपैयाँ हानी पु¥याउन बदनियतपूर्वक भुक्तानी समेत गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आरोपपत्रमा अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठ, इन्जिनियर माधव निरौला, असिस्टेन्ट सबइन्जिनीयर शिवप्रसाद अधिकारी, अध्यक्ष दीपेन्द्र राई, सचिव भक्तराज राई र कोषाध्यक्ष ननमाया राई, तत्कालीन वडाध्यक्ष टंकबहादुर कार्की, तत्कालीन उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक हेमकुमारी तामाङ, तत्कालीन वडा सदस्य ओमबहादुर राई, लेखा अधिकृत प्रवल घिमिरे, योजना शाखा प्रमुख नायब सुब्बा वोदन केसीलाई विपक्षी बनाएको छ ।

प्रकाशित मिति: असार ८ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend