Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानबाट हिँडेको टेम्पोमा भेटियो यार्सागुम्बा, धरानकै महिला र पुरुष समातिए

हाम्रो कोशी आवाज
असार ८ २०८०, शुक्रबार
धरानबाट हिँडेको टेम्पोमा भेटियो यार्सागुम्बा, धरानकै महिला र पुरुष समातिए

सुनसरीः धरानबाट हिँडेको अटो टेम्पोमा यार्सागुम्बा फेला परेपछि दुईजना पक्राउ परेका छन् ।
इटहरी उपमहानगरपालिका–२० तरहरा स्थितबाट दुर्लभ यार्सागुम्बासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी तरहराबाट चेकिङमा खटिएको प्रहरी टोलीले धरानबाट इटहरीतर्फ जाँदै गरेको को२ह १०७ नम्बरको अटो टेम्पो रोकी चेकजाँच गर्ने क्रममा कार्टुनमा प्याक गरेको अवस्थामा अवैधरुपमा ८ किलो २५० ग्राम यार्सागुम्वा बरामद गरेको हो ।
यार्सागुम्बा बरामद भएसँगै ओसार पसारमा संलग्न रहेकी धरान उपमहानगरपालिका–३ कि ४२ वर्षीया छजुङ भोटे र अटो टेम्पो चालक धरान–१९ का ४३ वर्षीय पुष्पराज राई समेतलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि सवडिभिजन वन कार्यालय तरहरा, सुनसरीमा बुझाएको छ भने इलाका प्रहरी कार्यालय इटहरीबाट अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार ८ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend