Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विवाह गरेको ६ महिनापछि श्रीमती पुरुष भएको थाहा पाएपछि…

हाम्रो कोशी आवाज
असार ९ २०८०, शनिबार
विवाह गरेको ६ महिनापछि श्रीमती पुरुष भएको थाहा पाएपछि…

उदयपुरको बेलका नगरपालिका ६ का नम्बर राईले बिहे भएको ६ महिनापछि श्रीमती शर्मिलाविरुद्ध प्रहरी गुहारेका छन्। श्रीमती लैङ्गिक अल्पसंख्यकको रहेको खुलेपछि राई प्रहरीकहाँ उजुरी लिएर पुगेका हुन्।
समाचार अनुसार वैदेशिक रोजगारीमा मलेसियामै रहँदा फेसबुकमार्फत शर्मिला राई नामकी युवतीसँग नम्बरको परिचय भएको थियो। त्यही चिनजानले उनीहरुको सम्पर्क बढेर प्रेम बसेको थियो।
प्रेम बसेपछि शर्मिलाले बिरामी भएको बताएकी थिइन्। त्यसपछि उनलाई बिहेको सर्तमा नम्बरले खर्च पठाइदिएका थिए। यसबीचमा नम्बर २०७९ मंसिरमा मलेसियाबाट नेपाल आए। त्यसपछि माघमा भतिजाको छेवरका क्रममा शर्मिलालाई पनि बोलाइयो। भोजपुरको रामप्रसाद गाउँपालिका भएकी शर्मिला पनि आइन्। त्यसपछि छोराले बुहारी ल्याएको खुसियालीमा त्यहीँ बिहे गरेर भित्र्याइयो। बिहे भोज पनि खुवाइयो।
तर गत माघमै बिहे गरेर भित्र्याएकी शर्मिला महिला नभएर लैङ्गिक अल्पसंख्यक रहेको खुलेपछि गाउँले चकित छन्। बेलका ६ का वडाध्यक्ष वसन्तकुमार मगरले यो घटना सुनेर आफू पनि अचम्ममा परेको बताए।
प्रेमपछि बिहे गरेकी श्रीमती महिला नभएको खुलेपछि नम्बर न्याय माग्दै पालिकामा पुगेका थिए। दुवैलाई पालिकामा बोलाएर छलफलपछि शर्मिलाले आफू महिला नभएको स्वकारेको गाउँपालिका उपप्रमुख जीरा राईले बताइन्।
उता वडाध्यक्ष मगरका अनुसार नम्बरले मलेसियाबाट शर्मिलालाई एक लाख ९५ हजार रकम पठाएको खुलेको छ। गाउँमा हल्ला फैलिएपछि पालिकामा भएको छलफलमा नम्बरले श्रीमती महिला नभएको थाहा पाएपछि प्रहरीकहाँ पुगे।
गाउँमा हल्ला भएपछि जनप्रतिनिधिकै पहलमा शर्मिलालाई प्रहरी कार्यालयमा लगेपछि लैङ्गिक अल्पसंख्यक रहेको खुल्यो। शर्मिलाले आफूलाई त्यहाँ पुरुषका रुपमा प्रस्तुत गरेकी थिइन्।
वडाध्यक्ष मगरले शर्मिला भनेर नम्बरसँग बिहे गरेका ३१ वर्षीय युवक राजु राई हुन्। उनको घर भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ मा छ।
सोझो स्वभावका नम्बरलाई राजुले शर्मिला भनेर झुक्याएको पाइएको मगरले बताए। ‘बिहे भए पनि उनीहरुबीच शारीरिक सम्बन्ध भएको रहेनछ। बिहेअघि पनि सम्बन्ध भएको रहेनछ। बिहेको रीत पुर्‍याउन भोजपुर जान आग्रह गर्दा नमानेपछि सम्बन्ध पनि स्थापित नभएको रहेछ’, मगरले भने।
प्रहरीमा पुगेपछि नम्बरले आफूलाई घर बाहिर जान नदिने, गइहाले झगडा गर्ने, श्रीमान श्रीमतीबीचको सम्बन्ध पनि स्थापित गर्न नमानेको सुनाएका थिए।
यो घटना बिहेको ६ महिनापछि मात्रै बाहिर आएको हो। उपप्रमुख जीरा राईले शर्मिला बनेका राजुका श्रीमती पनि रहेको सुने पनि पुष्टि हुन नसकेको बताइन्। ‘शरीर, पहिरन हुलिया सबै हेर्दा पूर्ण महिला देखिए पनि अनुसन्धान गर्दा उनी पुरुष प्रमाणित भए’ अनुसन्धानमा खट्ने प्रहरी भन्छन् ‘लामो कपाल, नाक कान छेँडेर गहना लगाएको, शारीरिक बनौट र पहिरनले पुरुष हो भन्ने कतै शंका गर्ने ठाउँ छैन।’
यो प्रकरण जिल्ला प्रहरी कार्यालय उदयपुरसम्म पुग्यो। त्यहाँ प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुँयालसहितले छलफल गर्दा नम्बरले केटी भनेर बिहे गरेकी शर्मिला लैङ्गिक अल्पसंख्यक रहेको निष्कर्ष निकालेका छन्।
छलफलपछि बिहेकै कुरा मुद्दाको विषय नहुने निचोडसहित शर्मिला बनेका राजुलाई आफन्तको जिम्मा लगाइएको फुँयालले बताए। तर राजुविरुद्ध प्रहरीले नम्बरलाई गरेको ठगीमा कारबाही चलाउन सक्छ।

प्रकाशित मिति: असार ९ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १२ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १२ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १५ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा इभीको ठक्करले ड्युटीमा रहेका प्रहरी हवल्दार गम्भीर

    धरानः धरानमा इभीले मोटरसाइकललाई ठक्कर दिँदा ड्युटीमा खटिएका एक प्रहरी गम्भीर घाइते भएका छन् । दुर्घटनामा प्रहरीका दुवै खुट्टा र अनुहारमा चोट लागेको छ...

    • १ दिन अगाडी
    • १ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend