Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी अस्पतालको ३३० जनरल बेड अब निःशुल्क

हाम्रो कोशी आवाज
असार १२ २०८०, मंगलबार
कोशी अस्पतालको ३३० जनरल बेड अब निःशुल्क

विराटनगर: पूर्वी नेपालको सबैभन्दा ठुलो सरकारी अस्पताल कोशीमा जनरल बेड मंगलबारदेखि निःशुल्क गरिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले संघीय सरकार मातहत रहेको कोशी अस्पतालको ३३० बेड सर्वसाधारणका लागि निःशुल्क गर्ने निर्णय भएको बताएका हुन् ।
कोशी अस्पतालको मंगलबार निरीक्षण गरेपछि सञ्चार कर्मीहरूसँग कुराकानी गर्दै मन्त्री बस्नेतले कोशी अस्पतालले गरिबका लागि भन्दै जनरल बेड निःशुल्क गरिएको बताए । यसअघि प्रतिबेड १०० रुपैयाँ शुल्क लिने गरिएको थियो । अबदेखि कोही पनि बिरामीले बेडका लागि पैसा तिर्नुपर्ने मन्त्री बस्नेतले बताए
यसअघि वीर अस्पतालको ७ सय बेड निःशुल्क गर्ने निर्णय भएको छ । यसरी क्रमशः सङ्घीय मातहतको अस्पतालको जनरल बेड निःशुल्क गरिने मन्त्री बस्नेतले बताए । ‘यसअघि मैले वीर अस्पतालको ७०० बेड निःशुल्क गर्न निर्देशन दिएको छु । लागू पनि भएको छ । कोशी अस्पतालको पनि जनरल बेड निःशुल्क भएको छ,’ मन्त्री बस्नेतले भने, ‘यहाँ पनि मंगलबारदेखि लागू हुनेछ ।’
बेड निःशुल्क गर्दा अस्पताललाई आम्दानी रकम सरकार र आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने मन्त्री बस्नेतले बताए । मन्त्रीले निर्देशन दिएपछि जेनेरल बेडमा भर्ना भएका बिरामीको मंगलबारदेखि जनरल बेड निःशुल्क गरिएको कोशी अस्पतालका मेसु डा। रविराज सिंहले जानकारी दिए ।
‘कोशी अस्पताल गरिब र विपन्न वर्गका लागि भरोसाको केन्द्र हो । एक सय रुपैयाँ तिर्नका लागि उनीहरूलाई सहज हुँदैन,’ मेसु सिंहले भने, ‘अन्य सेवा विस्तार गरेर भए पनि जनरल बेड निःशुल्क गर्ने निर्णय भएको हो ।’
जनरल बेड निःशुल्क भए पनि आइसियू र क्यानको शुल्क भने लाग्नेछ । कोशी अस्पताल ३५० शय्याको अस्पताल हो । यहाँ दैनिक ओपिडीमा १ हजार देखि १ हजार पाँच सय जना बिरामी आउने गरेका छन् ।

प्रकाशित मिति: असार १२ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • इटहरीमा सडकको डिभाइभरमा मोटरसाइकल ठोक्किँदा अनिल राईको मृत्यु

    धरानः इटहरीमा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते बनेका छन् । पानी परिरहेको समयमा चिप्लिएर सडकको डिभाइडरमा...

    • ८ मिनेट अगाडी
    • १ मिनेट पाठ
  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १२ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १६ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १६ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १९ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा इभीको ठक्करले ड्युटीमा रहेका प्रहरी हवल्दार गम्भीर

    धरानः धरानमा इभीले मोटरसाइकललाई ठक्कर दिँदा ड्युटीमा खटिएका एक प्रहरी गम्भीर घाइते भएका छन् । दुर्घटनामा प्रहरीका दुवै खुट्टा र अनुहारमा चोट लागेको छ...

    • १ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend