Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा जसले स्कुलका लागि बनाइदिए एक करोड ७० लाखको भवन

हाम्रो कोशी आवाज
असार १५ २०८०, शुक्रबार
धरानमा जसले स्कुलका लागि बनाइदिए एक करोड ७० लाखको भवन

धरानः धरानमै कक्षा-८ सम्म निःशुल्क अंग्रेजी माध्यममा पठनपाठन हुँदै आएको सत्य साई स्कुलको भवन निर्माण सम्पन्न भएको छ ।
लायन्स क्लब अफ इन्टरनेशनल फाउन्डेशन र धरानका विभिन्न पाँचवटा क्लबहरुको सहयोगमा निर्माण भएको लायन्स सत्य साई स्कुल भवनको उद्घाटनसँगै हस्तान्तरण समेत भएको छ । लायन्सले १२ कोठा भएको सुविधासम्पन्न दुई तले भवन बनाइदिएको हो । लायन्सका पूर्व इन्टरनेशनल डाइरेक्टर लायन सञ्जय खेतानले उद्घाटन गरेको भवन व्यवस्थित र सुविधासम्पन्न छ । भवनमै विद्यार्थीका लागि शौचालयको समेत सुविधा छ । भवनको प्रमुख अतिथि खेतानले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनसेवक भण्डारी, प्रधानाध्यापक विश्वराज खनाललाई भवनको चाबी हस्तान्तरण गरेका थिए ।
भवन १ करोड ७० लाख बराबरको लागतमा निर्माण भएको लायन्सका डिष्ट्रिक गर्भनर धिरज गुरुङले जानकारी दिए । धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेले लायन्सको कामको प्रशंसा गरे । भवन निर्माणको लागि आवश्यक डेस्कबेन्चको लागि लायनहरुले सहयोग समेत गरेका थिए । लायक क्लब क्यापेबलका फस्ट उपाध्यक्ष निश्चल पलिखेले १० हजार, महिला सञ्जाल धरानकी अध्यक्ष सपना राई र रेखा गुरुङले २५ हजार, किरण राजभण्डारीले ११ हजार, बालाजी स्टोर्सका सुरेश अग्रवालले २५ हजार, लायन्स क्लब अफ धरान पञ्चकन्याले शिक्षाका लागि एक रुपैयाँ अभियानबाट संकलित १५ सय थान कापी प्रदान गरेको थियो ।
यो भवन लायन्स क्लब इन्टरनेशनल फाउन्डेसनको आर्थिक सहयोग, लायन्स क्लब अफ धरान बुढासुब्बा, लायन्स क्लब अफ दन्तकाली धरान, लायन्स क्लब अफ विजयपुर, लायन्स क्लब अफ पाँचकन्या र लायन्स क्लब अफ धरान गुम्बाको आर्थिक तथा भौतिक सहयोगमा निर्माण सम्पन्न भएको हो । यो विद्यालय नाफारहित विद्यालय हो । २०५९ सालमा निजी क्षेत्रबाट शैक्षिक गुठीमार्फत् स्थापना भएको स्कुलमा कक्षा–८ सम्म अंग्रेजी माध्यममा निःशुल्क अध्ययन अध्यापन गराइन्छ । त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई औषधिसमेत निःशुल्क दिने व्यवस्था स्कुलले गरेको छ । टाढाटाढाबाट आउने विद्यार्थीहरुको सुविधाको लागि न्यूनतम शुल्कमा बसको व्यवस्था समेत गरिएको छ । निःशुल्क शिक्षा र औषधिसमेत दिने निजी क्षेत्रबाट सञ्चालित स्कुल सायद नेपालमै यहीमात्र एउटा होला ।
सहयोगीजनहरुवाट आर्थिक संकलन गरेर अक्षयकोष खडा गरी प्राप्त व्याजवाट शिक्षक र कर्मचारीहरुलाई मासिक तलव र अन्य भैपरी आउने खर्चको व्यवस्था गरिरहेको विद्यालयले जनाएको छ । स्कुलका लागि कुनै सरकारी निकायबाट सहयोग प्राप्त भएको छैन । सत्य साइ स्कुलमा अहिले २२५ जनाभन्दा बढी विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।

प्रकाशित मिति: असार १५ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend