धरानः धरानका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता विजयपुर ट्रेडर्सले सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ ।
काठमाण्डौ उपत्यकाबाहिर पहिलो र देशकै दोस्रो अत्याधुनिक र सुविधा सम्पन्न शोरुम धरानस्थित लाङ्घाली चौकमा सञ्चालनमा ल्याएको हो । काठमाण्डौ उपत्यका बाहिरकै सर्वाधिक ठूलो र सुविधा सम्पन्न यामाहा शोरुम सञ्चालनमा ल्याइएको ट्रेडर्सका प्रबन्ध निर्देशक प्रभात खतिवडाले जानकारी दिए । ‘शोरुमले बाइक प्रेमीहरुलाई यामाहाको उत्कृष्ट प्रविधियुक्त विभिन्न मोटरसाइकल, स्कुटर, एशोसरिज उपलब्ध गराइने उनले जानकारी दिए ।
धरानमै पनि बहुप्रतिक्षित रे जेड १२५ सिसीको हाइब्रिड स्मार्ट मोटर जेनरेटरसहितको नेपालको पहिलो हाइब्रिड स्कूटर सार्वजनिक समेत गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं संघीय प्रहरी इकाई धरानका प्रमुख एसपी भीम दाहालले सो स्कुटीको लन्च गरेका थिए । यो स्कुटी हाइब्रिड ४ ट्रिमहरुमा उपलब्ध रहेको छ । हाइब्रिडको केन्द्रमा शक्तिशाली एयर कूल्ड, फ्युल इन्जेक्टेड १२५ सीसी ब्लू कोर इज्जिन छ । स्कुटीमा १४५ मी मी को ग्राउण्ड क्लियरेन्सको साथ मात्र ९९ किलोग्राममा उल्लेखनीय रुपमा हल्का यसमा युनिफाइड ब्रेकिङ सिस्टम यूबीएस, साइड स्ट्याण्ड इन्जिन कट अफ प्रणाली र २१ लिटर अण्डर सिट भण्डारण जस्ता सुविधाहरु छन् । स्टप उण्ड स्टार्ट प्रणालीले छोटो बिसौनीमा इन्जिनलाई स्वत स्वीच अफ गरी मूल्यवान उर्जा बचत गरेर इन्धन दक्षतालाई अझ बढाउँछ ।
तस्वीरः लक्ष्मण थापा






