Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको विष्णु स्कुलका छात्रछात्राले दुना-टपरी बनाउन सिके

हाम्रो कोशी आवाज
असार १६ २०८०, शनिबार
धरानको विष्णु स्कुलका छात्रछात्राले दुना-टपरी बनाउन सिके

धरानः धरान–९ स्थित विष्णु मेमोरियल स्कुलका विद्यार्थीले दुना टपरी बनाउन सिकेका छन् ।
कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूले दुईदिनसम्म यस्तो तालिम लिएका हुन् । आधुनिक युगमा लोप हुँदै गएको परम्परागत सीप तथा सांस्कृतिक महत्व बोकेको दुना–टपरीको महत्व बुझाउँदै ५० भन्दा बढी इच्छुक छात्र–छात्राहरूलाई सो तालिम प्रदान गरिएको प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए । ‘यस प्रकारको तालिमले परम्परागत सीपको विकास तथा सम्वद्र्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ’, उनले भने ।
तालिम विष्णु मेमोरियल युवा रेडक्रस सर्कलको आयोजनामा भएको थियो । विद्यालयका शिक्षिकाहरू ज्योत्सना लिम्बू, जुनी थापामगर, अंशु भट्टराई र मञ्जु सुवेदीबाहेक आमन्त्रित प्रमुख प्रशिक्षकको रुपमा धरान विजयपुर निवासी उषाकुमारी गुरागाईं रहेकी थिइन् ।
तालिम समापन कार्यक्रममा उपस्थित अभिभावक भेषराज घिमिरेले विद्यालयले यस प्रकारको सीपमुलक तालिम विद्यालयले आयोजना गरेको र त्यसमा छात्र विद्यार्थीहरूलाई पनि सहभागी गराई यस प्रकारको जीवनोपयोगी शिक्षा तथा सीप छात्राहरूलाई मात्र नभई सबैको लागि आवश्यक छ भन्ने शिक्षा समेत प्रदान गर्न प्रयत्न गरेकोमा खुशी व्यक्त गरे ।
असार १५ र १६ गते दुईदिनसम्म तालिम आयोजना भएको थियो । विष्णुले पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोड दिँदै अघि बढिरहेको छ । यस्ता क्रियाकलापले विद्यार्थीको नेतृत्व विकास हुँदै आएको अभिभावकले समेत प्रशंसा गर्दै आएको प्रिन्सिपल श्रेष्ठ बताउँछन् ।

प्रकाशित मिति: असार १६ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend