Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा महिलाले बरमाला बनाएर लगाइदिएपछि…

हाम्रो कोशी आवाज
असार १६ २०८०, शनिबार
धरानमा महिलाले बरमाला बनाएर लगाइदिएपछि…

महिलाहरु रोजगारको सीप सिक्दै

धरानः तालिम लिनु मात्र ठूलो कुरा होइन तालिममा सिकेको सीपलाई उपयोग गरेर आय आर्जन गर्न सक्नुे बन्नु चाहिँ तालिमको उद्देश्य भएको प्रदेशसभा सदस्य यशोदा कायस्थले बताएकी छिन् ।
शनिबार सिद्धि नेवाः परिषदमा समापन भएको बरमाला नरिवल सुपारी सजाउने ७ दिने तालिमको समापन कार्यक्रममा माननीइ कायस्थले बताएकी हुन् । तालिमको समापन होइन अब शुरुवात भएको समेत उनले प्रष्ट पारेकी थिइन् । सदस्य कायस्थको पहल र समन्वयमा प्रदेश सरकारबाट धरान उपमहानगरपालिकामा हस्तान्तरित बवजेटबाट सो तालिम सम्पन्न भएको थियो । सिद्धि नेवाः परिषद्को आयोजनामा धरान उपमहानगरपालिकाको आर्थिक सहयोगमा २०८० असार १० सोमबार देखि १६ गते शनिबारसम्म तालिम सम्पन्न भएको थियो । सिद्धि नेवाः परिषद्को तालिम हलमा सम्पन्न तालिममा १८ जना महिलाहरु सहभागी थिए । प्रशिक्षक जुली ताम्राकारले दिर्एको तालिमको अन्तिम दिन सहभागीले बनाएका वरमाला र सजाएका नरिवल सुपारी समेत प्रर्दशन गरिएको थियो ।
तालिममा सहभागीको तर्फबाट अनुभव मन्तव्य राख्ने क्रममा सहभागी प्रभा श्रेष्ठले तालिमको आयोजना व्यवस्थित र प्रशिक्षकको सिकाउने तरिका प्रभावकारी भएकाले छोटो समयमा धेरै कुराहरु राम्ररी सिक्न पाएको धारण व्यक्त गरिन् । तालिम प्रयोगात्मक भएकाले आफूहरुले बनाउन सक्ने मात्र नभएर सिकाउन सक्ने समेत भएको सहभागीका तर्फबाट बोल्दै अर्की सहभागी रिना बस्नेतले आफ्नो अनुभव राखेकी थिइन् । तालिमकी प्रशिक्षक जुली ताम्राकारले आफू उद्यमशील महिला समूहको सदस्य भएको र उक्त संंस्थाकी निवर्तमान अध्यक्ष कायस्थले विभिन्न स्थानमा तालिमहरुको आयोजना गरेर महिलालाई स्वरोजगार बन्न सहयोग गरेको जानकारी गराउँदै आफूले तालिमा सहभागी भएर अहिले विभिन्न ठाउँमा प्रशिक्षण दिने अवसर पाएको बताइन् ।
हातमा सीप हुनेले कहिले पनि दुःख पाउँदैन, सीप जाँगर दुवै भए सजिलै राम्रो पैसा कमाउन सक्ने विचार सिद्धि नेवाः परिषद्का निवर्तमान अध्यक्ष गोकुल प्रसाद श्रेष्ठले जानकारी गराए । सिद्धि नेवाः परिषद् आफ्नो योजनामा तालिमलाई प्राथमिकता दिएको र तालिम लिनेने सिकेको ज्ञान, सीप व्यवहारमा उपयोग नगरे समय र स्रोतको नोक्सानी मात्र हुने भएकाले त्यसमा आफूहरु सचेत भएर सहभागी छनौट गर्ने कुरामा महत्व दिने बताए ।
कार्यक्रम कोशी प्रदेश सरकारबाट युवा महिलाहरुको सशक्तिकरण र सीप विकास कार्यक्रमन्तर्गत धरान उपमहानगरपालिकालाई हस्तान्तरित ७ लाख बजेट मध्येबाट ५० हजारको वजेटबाट सम्पन्न भएको सिद्धि नेवाः परिषद्का महासचिव मोहन श्रेष्ठले जानकारी गराएका थिए ।
तालिमको समापन कार्यक्रममा धरान उपमहानगरपालिकाका ७ नं. वडाका वडाध्यक्ष जीवन सुवेदी, आर्थिक विकास समति संयोजक विनिता बज्राचार्य, नेवाः देय दबूका केन्द्रीय उपाध्यक्ष अनिल मास्के, केन्द्रीय सदस्य नरेशकुमार शाक्य, जिल्ला उपाध्यक्ष सुरेन्द्रमान स्थापित, नगर अध्यक्ष मनोहर शाक्य लगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

 

प्रकाशित मिति: असार १६ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend