Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पूर्वाञ्चल विश्वविद्यालयले सामाजिक कार्य विषयको पाठ्यक्रमलाई समयानुकुल बनाउने

हाम्रो कोशी आवाज
असार १७ २०८०, आइतबार
पूर्वाञ्चल विश्वविद्यालयले सामाजिक कार्य विषयको पाठ्यक्रमलाई समयानुकुल बनाउने

विराटनगरः सामाजिक कार्यका लागि दक्ष जनशक्ति अभाव रहेको विभिन्न संघ–संस्थाहरूले गुनासो गरेका छन् ।
पूर्वाञ्चल विश्वविद्यालय जनता आदर्श बहुमुखी क्याम्पसले विराटनगरमा गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीले सामाजिक संघ–संस्थाका लागि आबश्यक दक्ष जनशक्तिको अभाव रहेको बताएका हुन् । महिला, बालबालिका जस्ता संवेदनशील क्षेत्रमा काम गर्ने संस्थाले व्यक्तिगत गोपनियतालगायतका विषयमा संवेदनशील हुनुपर्ने भएकाले यस्ता विषय अध्ययनकै क्रममा विद्यार्थीहरूलाई जानकारी गराउनुपर्नेमा उनीहरूले जोड दिएका छन् । सामाजिक कार्य अध्ययन गरेका जनशक्तिको अभावमा अन्य विषय अध्ययन गरेका जनशक्तिले काम चलाउनु परेको सिविनका कोशी प्रदेश प्रमुख वासु अधिकारीले गुनासो गरेका छन् ।
सामाजिक कार्यमा अध्ययनरत विद्यार्थीको कार्यक्षेत्र सरकारी र सामाजिक संघ–संस्था रहेकाले कक्षाकोठाको सिकाई र कार्यक्षेत्रको अभ्यासलाई एकरूपता दिन सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको क्याम्पस प्रमुख तथा निर्देशक महेशप्रसाद निरौलाले बताए । कला, कानुन तथा शिक्षा संकायका डीन प्राध्यापक डाक्टर अनिल पोखरेलले सामाजिक कार्यमा क्रियाशील संघ–संस्था र सरकारी कार्यालयको आवश्यकतालाई पूरा गर्ने जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता जनाएका छन् । आवश्यकताअनुसारको गुणस्तरीय जनशक्ति उत्पादन गर्न समयानुकुल पाठ्यक्रम परिमार्जन गरी व्यवहारिक बनाउने डीन पोखरेलले जानकारी दिएका छन् ।
कार्यक्रममा सोम थापा, लखन साह, दीपक चापागाईं, सरस्वती दनुवार, संजीव चापागाईं लगायतले सामाजिक कार्यका विद्यार्थीलाई सैद्धान्तिक ज्ञानका अलावा अभ्यासमा आधारित शिक्षा दिन सुझाव दिएका छन् । क्याम्पसका सहप्राध्यापक डा. रमेशबाबु काफ्लेले कार्यक्रमको आवश्यकता र औचित्यताको विषयमा प्रकाश पारेका थिए भने उपप्राध्यापक पुकार चौधरीले सामाजिक कार्यको पाठ्यक्रमले समेटेका क्षेत्रका विषयमा प्रस्तुतिकरण गरेका थिए ।

प्रकाशित मिति: असार १७ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend