धरानः गुडिरहेको टेम्पोबाट लड्दा एकजना युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका ८ की २२ वर्षीया कमला खतिवडा रहेको प्रहरीले जनाएको छ ।
त्रियुगा–९ गैरुनमा गाईघाटबाट चुहाडेतर्फ जाँदै गरेको प्र–२–०१–००१ह०३८१ न. को अटोमा सवार उनको आफ्नो डकुमेन्ट टेम्पोबाट झरेको थियो । लडेर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अटो चालक जिल्ला उदयपुर त्रियुगा–३ बस्ने वर्ष ३५ को यमबहादुर मगरले उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगेको र थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर लगेका थिए । खतिवडाको न्यूरो अस्पतालमा पनि उपचार हुन नसकेपछि पुनः जिल्ला अस्पताल उदयपुर ल्याइपुरयाउन साथ जिल्ला अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए ।