धरानः ट्रक र टेम्पो आपसमा ठक्कर खाएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
ना६ख १३७२ नम्बरको सिमेन्ट लोड भएको ट्रक र बिपरीत दिशाबाट आउँदै गरेको को२ह २२९३ नम्बरको अटो एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा अटो चालक मोरङको पथरीशनिश्चरे–२ बोक्ररे चोक बस्ने वर्ष ५५ को भीमशरण तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको उपचारका क्रममा मृत्यु भएको थियो । सो दुर्घटना पथरिशनिश्चरे–२ जयचोकमा भएको हो । ट्रक चालक झापा बिर्तामोड–४ बस्ने नेत्रप्रसाद मैनाली प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
उता टेम्पोको ब्रेकफेल हुँदा एकजनाको मृत्यु भएको छ । उदयपुरको उदयपुरगढी गापा–७ अँधेरीस्थित मदनभण्डारी राजमार्गमा नेपालटारबाट गाईघाटतर्फ आउँदै गरेको स१ह ३६२२नं. को अटो टेम्पो ओरालोमा ब्रेक फेल भई आफै अनियन्त्रित भएर दुर्घटना हुँदा त्रियुगा–१२ दुर्गा टोल बस्ने वर्ष १८ का मोहमद रुस्तम मृत्यु भएको प्रहरीले जनाएको छ ।
कानबाट रगत आई गम्भिर घाइते भई तत्काल उपचारार्थ अस्पताल लगिएको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।