भोजपुरः भोजपुरको साल्पासिलिछो गाउँपालिका–३ का १९ वर्षीय सुशन राईको भरुवा बन्दुक पडकिएर मृत्यु भएको छ ।
भरुवा बन्दुक बोकेर दुम्सी मार्न गएका राई सोमबार बिहान घरनजिकै रहेको मकैबारीमा बन्दुक पडकिएर मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दिङलाले जनाएको छ ।
प्रहरी टोलीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ । घटनास्थलमा एउटा दुम्सी मरेको अवस्थामा रहेको र मृतक राईलाई समेत तिघ्रामा छर्राले लागेको तथा रगताम्मे अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।