Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा ‘ब्याक’ गरेर मारेको भन्दै टिपर तोडफोड, आमाको मृत्यु, छोरी गम्भीर घाइते

हाम्रो कोशी आवाज
असार १९ २०८०, मंगलबार
सुनसरीमा ‘ब्याक’ गरेर मारेको भन्दै टिपर तोडफोड, आमाको मृत्यु, छोरी गम्भीर घाइते

धरानः आमा र छोरी चढेको स्कुटरलाई टिपरले ठक्कर दिएपछि इटहरी केहीबेर तनावग्रस्त बन्यो ।
इटहरीको मुख्य चौकमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको हो । कान्छाराम कन्स्ट्रक्सनको ना१क ९१०७ नम्बरको टिपरले को१४प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । टिपरले ब्याक गरी मान्छे महिलाको मृत्यु भएको आफन्तको दावी छ । प्रहरीले भने त्यसबारे अनुसन्धानपछि केही खुल्ने जनाएको छ । स्थानीयवासीले टिपर तोडफोड समेत गरेका थिए ।
स्कुटरलाई ठक्कर दिँदा इटहरी उपमहानगरपालिका–८ की ३९ वर्षीया सरिता चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
गम्भीर घाइते छोरी अनुषा चौधरीको विराटनगरको अस्पतालमा उपचार भइरहेको छ । घटनापछि तनावग्रस्त बनेको इटहरी अहिले शान्त भएको छ । आक्रोशित समूहलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ३ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।
आक्रोशितले प्रहार गरेको ढुंगा लागेर ६ जना नेपाल प्रहरी र ३ जना सशस्त्र प्रहरी घाइते भएका सुनसरी प्रहरीले जनाएको छ । इटहरीको खनारमा भदैनीको घरमा पूजामा जान हिँडेका आमाछोरीलाई इटहरी चोकमा टिपरले ठक्कर दिएको थियो । प्रहरीले टिपर चालक सर्लाही ईश्वरपुरका २७ वर्षीय बलबहादुर बम्जनलाई पनि नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति: असार १९ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend