Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इटहरी दुर्घटना अपडेटः टिपरको ठक्करले गम्भीर घाइते युवतीको पनि मृत्यु, सेउती पुलनजिक लड्दा एकजना गम्भीर

हाम्रो कोशी आवाज
असार २० २०८०, बुधबार
इटहरी दुर्घटना अपडेटः टिपरको ठक्करले गम्भीर घाइते युवतीको पनि मृत्यु, सेउती पुलनजिक लड्दा एकजना गम्भीर

धरानः इटहरीको मुख्य चौकमा भएको दुर्घटनामा गम्भीर घाइते छोरीको पनि मृत्यु भएको छ ।
उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मङ्गलबार साढे ३ बजे टिपरको ठक्करले इटहरी–८ की सरिता चौधरीको घटनास्थलमै मृत्यु भएको थियो भने उनकी छोरी २२ वर्षीया अंशु चौधरी गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते उनको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आमा र छोरी चढेको स्कुटरलाई टिपरले ठक्कर दिएपछि ब्याक गरेको मारेको आरोप लगाउँदै स्थानीयबासीले गरेको प्रदर्शन र टिपर तोडफोडपछि इटहरी केहीबेर तनावग्रस्त बनेको थियो । कान्छाराम कन्स्ट्रक्सनको ना१क ९१०७ नम्बरको टिपरले को१४प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । टिपरले ब्याक गरी मान्छे महिलाको मृत्यु भएको आफन्तको दावी छ ।
घटनापछि तनाबग्रस्त बनेको इटहरी अहिले शान्त छ । आक्रोशित समूहलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ३ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । इटहरीको खनारमा भदैनीको घरमा पूजामा जान हिँडेका आमाछोरीलाई इटहरी चोकमा टिपरले ठक्कर दिएको थियो । प्रहरीले टिपर चालक सर्लाही ईश्वरपुरका २७ वर्षीय बलबहादुर बम्जनलाई पनि नियन्त्रणमा लिएको जनाएको छ ।
यता धरान–८ सेउती पुल छेऊमा बा२१च ८१० नम्बरको टाटा कम्पनीको सानो पिकअप रोकेर सडक बत्ती झार्ने क्रममा अचानक लड्दा रामधुनी–२ बस्ने ओमप्रकाश चौधरी लडेर गम्भीर घाइते भएका छन् । उनको धरानस्थित बीपी प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार २० २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend