Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अवैध लागुऔषधसहित तीनजना पक्राउ

हाम्रो कोशी आवाज
असार २२ २०८०, शुक्रबार
अवैध लागुऔषधसहित तीनजना पक्राउ

धरान: मोरङ, रंगेली नगरपालिका-७ स्थित सिद्ध आइसा होटलबाट लागूऔषध ब्राउसुगर जस्तो देखिने पदार्थ ५० ग्राम ७ सय ५० मिलिग्राम र तराजु १ थानसहित सोही नगरपालिका-६ बस्ने २४ वर्षीय शेफ खानलाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय होटलहरूमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। थप अनुसन्धानको क्रममा खानले उक्त लागूऔषध सोही नगरपालिका-७ भोटेवावु टोलस्थित हंगश प्वाइन्ट होटलका संचालक २८ वर्षीय दिपेश अग्रवालबाट खरिद गरी ल्याएको खुल्न आएकोले उनलाई समेत प्रहरीले पक्राउ गरेको छ।
उदयपुर, त्रियुगा नगरपालिका-३ मिलन चोक बस्ने ४२ वर्षीय किशोर चौधरीलाई लागूऔषध ब्राउन सुगर करिब १० ग्रामसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। उनले आफ्नो घरमा लुकाई छुपाई ब्राउन सुगर बिक्री गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रकाशित मिति: असार २२ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend