धरानः धरान-१६ स्थित युएन, नवोदय कलेज होटल म्यानेजमेन्ट, विज्ञान, म्यानेजमेन्ट, कम्प्युटर विज्ञान, विषय अध्ययनका लागि कोशी प्रदेशकै उत्कृष्ट कलेजका रुपमा लिन सकिन्छ ।
‘शिक्षा नै परिवर्तनको मूल संवाहक हो’ भन्ने मूल मन्त्र लिएर १२ वर्षअघि स्थापना भएको कलेज प्रदेशकै नमूना कलेजको रुपमा स्थापित भएको छ । २०६८ सालमा ११ जना विद्यार्थीबाट शुरु भएको कलेजले हालसम्म हजारौं विद्यार्थी उत्पादन गरिसकेको र हाल आएर कलेज प्रदेशकै ‘ब्राण्ड’ कलेजका रुपमा स्थापित हुँदै अघि बढिरहेको छ ।
धरानकै मात्र कुरा गर्ने हो भने हाल १२–१३ वटा प्लस टु कलेजहरु रहेका छन् । ती कलेजहरुमध्ये होटल म्यानेजमेण्ट सङ्कायमा भने युएन, नवोदयले विद्यार्थी र अभिभावकको मन जित्दै उत्कृष्ट समेत बन्दै गएको छ । उनले विद्यार्थी, अभिभावकको चाहनाअनुसार अघि बढेको र भौतिक पूर्वाधार, उत्कृष्ट नतिजा, पठनपाठनमा कुनै कञ्जुस्याइँ नगरी अघि बढेकोले पनि कलेज उत्कृष्ट बनेको बताए । ‘हाल अन्य कलेजहरुभन्दा युएन, नवोदय उत्कृष्ट कलेजका रुपमा स्थापित हुँदै गएको पाएका छौं’, क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले भने, ‘साँच्चै भन्ने हो भने होटल म्यानेजमेण्टमा विद्यार्थीको नतिजा, होटल म्यानेजमेण्टको लागि चाहिने भौतिक पूर्वाधार, होटल म्यानेजमेण्ट पढाउने विषय शिक्षक आदिका हिसाबले हेर्ने हो भने हामीलाई कसैले पनि पछि पार्न सकेको छैन ।’

उत्कृष्ट नतिजा, चाहिने भौतिक पूर्वाधार आदिले पनि उत्कृष्ट कलेजकारुपमा दरिँदै गएको छ । ‘अनुभवी प्राध्यापक, उत्कृष्ट व्यवस्थापन, सम्पूर्ण शैक्षिक पूर्वाधार नै नवोदय, युएन कलेजको पहिचान हो’, क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो भन्छन्, ‘त्यसकारण पनि कलेज प्रदेशकै ब्राण्ड कलेजका रुपमा स्थापित छ ।’ प्राज्ञिक पृष्ठभूमिबाट आएका व्यक्तित्वहरुले सञ्चालन गरेको यस कलेजमा सैद्धान्तिक शिक्षाका साथै व्यवहारिक शिक्षाको माध्यमबाट अध्ययन अध्यापन गराउने गरिएको उनी बताउँछन् । युएन, नवोदयले विद्यार्थी केन्द्रित शिक्षण प्रणाली अपनाएको कारण उत्कृष्ट नतिजा निकाल्न सफल भएको र प्रदेशमै ब्राण्ड बनाउन सफल बनेको क्याम्पस प्रमुख तुम्बापो बताउँछन् । उनका अनुसार कलेजका अध्यक्ष ज्ञानेश्वर झा अंग्रेजीमा वाकशक्ति भएको व्यक्तित्व हुन् ।
उत्कृष्ट नतिजा
अनुभवी प्राध्यापक, उत्कृष्ट व्यवस्थापन, सम्पूर्ण शैक्षिक पूर्वाधार नै नवोदय, युएन कलेजको पहिचान हो । कलेजले सञ्चालनको छोटो अवधिमै शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ ।
कलेजबाट उच्च माध्यमिक शिक्षा परिषदको वार्षिक परीक्षामा यस कलेजका एचएमतर्फका विद्यार्थीहरु प्रदेश १ प्रथम, द्वितीय र तृतीय हुन सफल भएका छन् । स्मृति रोका मगर (प्रदेश १ प्रथम ७९ प्रतिशत), आकाश तामाङ (प्रदेश १ प्रथम ७६.८ प्रतिशत) सजना राई (प्रदेश १ द्वितीय ७५.६ प्रतिशत), उत्सव ढकाल (प्रदेश १ तृतीय ७५ प्रतिशत) अङ्क प्राप्त गर्न सफल भएका छन् ।


होटल म्यानेजमेण्टतर्फ लिगु लिम्बूले ३.६२ जिपिए ल्याउँदै धरान टपर र सुम्निमा राईले ३.६० जिपिए ल्याउँदै धरान टप नै गर्न सफल भइसकेकी छिन् । त्यस्तै, युएन कलेजमा अध्ययनरत् छात्रा कञ्चन सुवेदीले म्यानेजमेन्टतर्फको २०७१ सालको वार्षिक परीक्षामा ८१.६ प्रतिशत अङ्क हांसिल गरी प्रदेश १ प्रथम बन्न सफल भएकी छिन् । यस्तै छात्रा कञ्चन सुवदीले नै त्रिभुवन विश्व विद्यालयले लिएको बिबिएस प्रथम वर्षमा ७३ प्रतिशत र बिबिएस तेस्रो वर्षमा ७८ प्रतिशत अङ्क हासिल गरी प्रदेश १ प्रथम हुन सफल भएकी छिन् ।
‘यी उल्लेखित उपलब्धिहरु कलेजको उत्कृष्ट व्यवस्थापन, शिक्षण प्रणाली, कलेजमा विद्यार्थीको लागि सहज वातावरण र विद्यार्थीहरुको अथक लगनशीलता, मिहिनेत र प्रयासका उपज हुन भन्ने कुरालाई नकार्न सकिँदैन ।’ क्याम्पस प्रमुख तुम्वापोले भने ।

उत्कृष्ट प्राक्टिकल ल्याब
प्लस टु मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट अनि बिएचएम र बिबिएस अध्ययनका लागि यो कलेज पूर्वाञ्चलकै उत्कृष्ट कलेज मान्न सकिन्छ । होटल म्यनेजमेन्ट अध्ययन गर्ने विद्यार्थीका लागि कलेजले कलेज भवनमै उत्कृष्ट ल्याब र एसी रेष्टुराँ, बारं (एचएम प्राक्टिकल) निर्माण गरेको छ । प्रदेश १ मै सुविधासम्पन्न होटल म्यानेजमेण्ट ल्याब स्थापना गरिएको छ ।
कलेजले होटल म्यानेजमेन्ट र ट्राभल एण्ड टुरिजम विषयअन्तर्गत डाइनिङ एटिक्युट, हाउस किपिङ, फ्रन्ट अफिस, फुड एण्ड वेभरेज, फुड एण्ड वेभरेज सर्भिस, एयरलाइन्स, वेकरी र हस्पिटालिटीको समेत तालिम दिने गरेको छ । तालिममा कलेजका होटल म्यानेजमेन्ट कार्यक्रमका संयोजक गगनमान श्रेष्ठले दिने गर्दछन् ।
यस्तै, कलेजमा विज्ञान सङ्कायका विद्यार्थीका लागि साइन्स ल्याब पनि स्थापना गरिएको छ । यसैगरी विद्यार्थीहरुको सुविधालाई मध्यनजर गरी होस्टलको व्यवस्था गरेको छ । यस्तै, छात्रा होस्टल, बसको सुविधा, कलेजका सुविधा हुन् । फ्रि बैकिङ तालिम, इण्डष्ट्रियल भिजिट, स्टार होटल भिजिट, बैंकिङ स्टर्नसीप, शेयर मार्केटबारे फ्रि काउन्सेलिङ पनि कलेजले गर्दै आएको छ । यस्तै, कलेजले सेफ कम्पिटिसन पनि वर्षेनी गर्दै आएको छ । प्रदेश १ मै ५० हजार रुपैयाँ राशी पुरस्कारको सेफ कम्पिटिसन पनि गराइसकेको छ ।
‘कलेज खोलेर विद्यार्थी बटुल्नु मात्र पढाउनु होइन, विद्यार्थीलाई जीवनउपयोगी शिक्षासँगै विश्व प्रतिस्पर्धामा खरा उत्रन सक्ने बनाउन कलेज लागिपरेको छ’, कार्यक्रम संयोजक श्रेष्ठ भन्छन् । कलेजले धेरै विद्यार्थी बटुल्नुभन्दा गुणस्तरीय शिक्षालाई प्राथमिकता दिएको छ, जसले गर्दा कलेजले म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषय अनि बिएचएम र बिबिएस लेवलको अध्ययनका लागि पूर्वाञ्चलकै ब्राण्ड बन्न सफल भइरहेको कलेजका अध्यक्ष ज्ञानेश्वर झा बताउँछन् ।
अतिरिक्त क्रियाकलापमा जोड
कक्षा ११ र १२ मा अध्ययन गर्ने प्रतिभावान, दक्ष र अनुशासित विद्यार्थीहरुलाई हौसला बढाउनका लागि कलेजले अतिरिक्त क्रियाकलापमा सक्दो जोड दिँदै गएको र पुरस्कार पनि राखिएको कलेजका अध्यक्ष झाले जानकारी दिए । उनका अनुसार विशेषतः म्युजिक र खेलकुदका कक्षा नै सञ्चालन हुन्छ । यसको नृत्य, वादविवाद, कविता प्रतियोगिता, विभिन्न ठाउँको शैक्षिक भ्रमण (पोखरा, मुस्ताङ, सिक्किम आदि) पनि गराउने गर्दछ ।
कलेजको छात्रवृत्ति
कलेजले प्रतिभावान, दक्ष अनुशासित विद्यार्थीहरुका लागि विशेष छात्रवृत्तिको व्यवस्था गरेको छ । जसअन्तर्गत एसईई परीक्षामा ए प्लस ग्रेड प्राप्त गर्ने विद्यार्थीहरुलाई सम्पूर्ण शुल्कमा विशेष छुट, इन्ट्रान्स टपरलाई विशेष छुट, ए ग्रेड प्राप्त गर्ने र स्कुल टपरहरुलाई भर्नामा विशेष प्रतिशत छुटको व्यवस्था गरेको छ ।
सामाजिक सेवा
कलेजले गुणस्तरीय शिक्षा सँगसँगै सामाजिक सेवा पनि गर्दै आइरहेको छ । कलेजका विद्यार्थीहरुको नेतृत्वमा समाजसेवामा समर्पित ‘युएन, नवोदय हेल्पिङ ह्यान्ड्स’ गठन भएको छ । यही संस्थाबाट पनि विद्यार्थीहरुले समाजसेवाका साथै सामाजिक कार्यहरुलाई निरन्तरता दिँदै आइरहेका छन् । यस कलेजका विद्यार्थीले ज्येष्ठ नागरिकलाई खाना खुवाउने, असहाय बालबालिकालाई शैक्षिक सामग्री प्रदान गर्ने साथै अशक्त, असहायहरुलाई पनि आर्थिक सहयोग गरिसकेको छ ।
प्लस टु देखि ब्याचलर्ससम्म
यस कलेजमा माध्यमिक तह तथा प्लस टु लेवल र ब्याचलर लेवलसम्म अध्ययन अध्यापन हुने गरेको छ । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन लिई अध्ययन अध्यापन हुने गरेको कलेजमा यी माथिका विषयका अलवला बिएचएम र बिबिएस पनि अध्ययन हुने गरेको छ । विशेषतः बिएच अध्ययनका लागि काठमाण्डौं धाउनुपर्ने बाध्यता थियो तर त्यो बाध्यता हटिसकेको छ ।
युएन, नवोदयमै किन पढ्ने ?
करोडौंको लगानीमा आफ्नै युएन बेकरी एण्ड क्याफे सञ्चालनको तयारी
यसैबीच कलेजले आफ्नै बेकरी एण्ड क्याफे सञ्चालनको तयारी थालेको छ । क्याम्पस प्रमुख तुम्बापोले धरान–१६ स्थित मालपोत कार्यालयअगाडिको भवनमा आफ्नै बेकरी एण्ड क्याफे सञ्चालनको तयारीमा रहेको जानकारी दिए । उनका अनुसार हाल बेकरी एण्ड क्याफेको नक्सा तयार भइसकेको छ । त्यहाँ अब युएनकै ब्राण्डमा केक उत्पादन गर्नुका साथै धरान लगायत अन्य ठाउँमा बिक्री वितरण गर्ने लक्ष्य लिइएको उनले जानकारी दिए । बेकरीमा उत्पादित वस्तुहरु धरानलगायत अन्य ठाउँमा होम डेलीभरीको सुविधा पनि दिनसक्ने गरी प्लान बुनिरहेको उनी बताउँछन् ।






यस्तै, धरानको विशेष ‘धराने कोसेली’ का रुपमा मिठाइसमेत उत्पादन गर्ने लक्ष्य लिएर काम अघि बढिरहेको उनले जानकारी दिए । पढ्दै, कमाउँदै शिक्षा कार्यक्रमअन्तर्गत युएनको यो पहिलो कार्यक्रम भएको बताउँदै उनले विद्यार्थीलाई व्यवहारिक, रोजगारमुखी र आत्मनिर्भर बनाउन आफूहरु लागिपरेको उनले जानकारी दिए । टिचिङ होटल स्कुलको अवधारणाअनुरुप सो बेकरी र क्याफे सञ्चालन गरिएको उनको भनाइ छ ।
सो क्याफे सञ्चालनमा आइसकेपछि विद्यार्थी र सर्वसाधारणले पनि त्यहाँ तालिम लिन पाउनेछन् । ‘विशेषतः हाम्रो होटल म्यानेजमेण्ट र बिएचएमका विद्यार्थीलाई बेकरी, वरिष्ठा, मिक्सोलोजी, ककटेल, मकटेल तालिम साथै रोजगार पनि प्रदान गर्ने हाम्रो उद्देश्य छ’, उनी भन्छन्, ‘साथै सर्वसाधारणलाई पनि मासिक, त्रैमासिकरुपमा तालिम प्रदान गरेर प्रमाणपत्र प्रदान गरिनेछ ।’



चर्चित गायक दीप श्रेष्ठ कलेज परिसरमा विद्यार्थीले बनाएका परिकार चाख्दै ।

हजारौं गीत गाइसकेकी चर्चित गायिका अञ्जु पन्त ।


कलेजमा आइपुगेकी चर्चित गायिका प्रनिशा अधिकारी, दीपक लिम्बू, एकदेव लिम्बूलगायतका कलाकारहरु ।


कलेजमा आइपुगेका मास्टर सेफ सन्तोष शाह ।



