Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

साथीलाई बन्दुक लागेपछि बगरमा पुरियो, मानिस हराएको सूचना दिन प्रहरीकहाँ पुग्दा अन्ततः पक्राउ परे

हाम्रो कोशी आवाज
असार २५ २०८०, सोमबार
साथीलाई बन्दुक लागेपछि बगरमा पुरियो, मानिस हराएको सूचना दिन प्रहरीकहाँ पुग्दा अन्ततः पक्राउ परे

धरानः भोजपुर नगरपालिका १२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको मृत्यु भएको छ ।
बन्दुकले लागेर भोजपुर १२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनामा संलग्न छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।
असार २२ गते राति गोली लागेर दिप्सन राईको मृत्यु भएपछि घटनामा संलग्नहरूले मृतकलाई खोलाको बगरमा पुरेका थिए । भोजपुर जिल्लाको भोजपुर नगरपालिका–१२, टक्सारमा मृग ठानेर भरुवा बन्दूकले गोली हान्दा आफ्नै साथीको ज्यान गएको छ। गोली लागेर भोजपुर–१२, टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।
थापाका अनुसार असार २२ गते राति गोली लागेर साथीको मृत्यु भएपछि उनीहरूले मृतकलाई खोलाको बगरमा पुरेका थिए । ‘घटना २२ गते रातिको भन्ने बुझिएको छ,’ प्रहरी प्रमुख थापाले भने, ‘साथी मरेपछि अखुवा खोलाको बगरमा पुरेर घटना लुकाउन खोजेको अनुसन्धानबाट देखिएको छ । पुरिएको अवस्थामा फेला परेको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याएका छौं । थप अनुसन्धान जारी छ ।’
मृतकका आफन्तले यही असार २४ गते दिप्सन बेपत्ता भएको भन्दै खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। लगत्तै प्रहरीले आरोपीहरूलाई पक्राउ गरेको हो ।
मानिस हराएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा गएराति उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूको नाम, थर, वतन तत्काल गोप्य राखिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । मृतकका आफन्तले असार २४ गते खोजीको लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएलगत्तै आरोपीलाई पक्राउ गरिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार २५ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend