Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान उपमहानगरपालिकाको १३ औं नगरसभाः नीति तथा कार्यक्रममा धरान–१६ मा बहुभाषिक स्कुल स्थापनादेखि अन्य के के समेटिए ?

हाम्रो कोशी आवाज
असार २५ २०८०, सोमबार
धरान उपमहानगरपालिकाको १३ औं नगरसभाः नीति तथा कार्यक्रममा धरान–१६ मा बहुभाषिक स्कुल स्थापनादेखि अन्य के के समेटिए ?

धरानः धरान उपमहानगरपालिकाको १३ औं नगरसभा सम्पन्न भएको छ । नगरसभाले नीति तथा कार्यक्रम साथै बजेट पारित गरेको छ ।
सोमबार सम्पन्न नगरसभामा ०८०–०८१ को नीति तथा कार्यक्रम र बजेटमा शिक्षातर्फ धरान–१६ मा बहुभाषिक विद्यालय निर्माण तथा सञ्चालन गरी विभिन्न भाषा र लिपीको संरक्षण गरिने जनाइएको छ । यस्तै, शिक्षातर्फ नै धरान–१६ स्थित श्री शारदा बालिका स्कुललाई कोशी प्रदेशकै नमूना विद्यालय बनाउन आवश्यक पहल गरिने समेत नीति तथा कार्यक्रममा जनाइएको छ । नीति तथा कार्यक्रममा धरानको महेन्द्र क्याम्पस, पूर्वाञ्चल, हात्तिसार साथै पिण्डेश्वर क्याम्पसको स्तरोन्नति गर्दै थप व्यवस्थित बनाइने जस्ता विषय समेटिएको छ ।
धरान १० स्थित सैनिक भवनमा सोमबार बसेको नगरसभाले १ अर्ब ७१ करोड रुपैयाँको आगामी आर्थिक वर्षको बजेट पारित समेत गरेको छ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले यस वर्ष गर्नसक्ने मात्रै बुँदाहरुलाई लिएर नीति तथा कार्यक्रममा समेटिएको बताए । ‘हामीले गर्नसक्ने बुँदाहरुलाई मात्रै समेटेका छौं’, उनले भने, ‘नीति तथा कार्यक्रममा समेटिएका बुँदाहरुलाई अक्षरस कार्यान्वयन गर्नेतर्फ हाम्रो ध्यान केन्द्रित हुन्छ ।’
नीति तथा कार्यक्रममा अन्य के के समेटिए, हेरौं ?

प्रकाशित मिति: असार २५ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend