Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

केहीदिनअघिको बाढीले पुल भत्काएपछि जनश्रमदानबाट बन्दै, सयौं सहभागी

हाम्रो कोशी आवाज
असार २५ २०८०, सोमबार
केहीदिनअघिको बाढीले पुल भत्काएपछि जनश्रमदानबाट बन्दै, सयौं सहभागी

पाँचथरः पाँचथरमा पनि जनश्रमदानबाट पुल बनाउन थालिएको छ ।
पाँचथरको फालेलुङ गाउँपालिकास्थित हेंवा खोलामा केही हप्ताअघि आएको बाढीले पुल भत्काएको थियो । पुल भत्काएपछि यातायात ओहोदोहोर गर्न सकेका थिएनन् ।
गत असार २ गतेको बाढीले पुल भत्काएपछि ठप्प रहेको यातायातलाई शुरु गर्न डाइभर्सन निर्माणमा स्थानीय जुटेका हुन् । केन्द्र र प्रदेश सरकारले पुल बनाउन चासो नदिएपछि स्थानीयहरू जुटेका हुन् । गाउँपालिकासँग पर्याप्त स्रोत नभएपछि पालिकाले श्रमदानका लागि जनतालाई आह्वान गरेको थियो । आह्वानपछि सयौँको संख्यामा सर्वसाधारणहरू जुटेर डाइभर्सन निर्माणमा खटेका गाउँपालिका अध्यक्ष बिरबिक्रम थाम्सुहाङले बताए । पालिकाको आह्वानलाई सर्वसाधारणले साथ दिएकाले डाइभर्सन निर्माण गर्न सहज भएको पालिका उपाध्यक्ष महेन्द्रहाङ जबेगुले बताए । बाढी पहिरोले पुल भत्काएपछि फालेलुङ र अन्य स्थानीय तहको सम्पर्क विच्छेद भएको छ ।
श्रमदानबाटै हेंवा खोलामा पाँच वटा ह्युम पाइप राखिएको छ। ह्युम पाइप राखेर ढलान गर्ने काम सकिएकाले अबको तीन दिनभित्रमा यातायात सुचारु गर्न सकिने पालिकाले जनाएको छ। असार २ गतेको बाढीले फालेलुङस्थित हेंवा खोलाका दुई वटा पक्की पुल भत्काएको थियो । जसका कारण यातायात ठप्प बनेको छ ।
बाढी पहिरोका कारण पालिकामा २२ करोड बराबरको भौतिक संरचनामा क्षति पुगेको छ । पालिकाले आर्थिक सहयोग गर्न इच्छुकहरूलाई सहयोगको आह्वान समेत गरेको छ । हालसम्म आठ लाखभन्दा धेरै रकम संकलन भएको छ ।
तस्वीरः भीम बाँस्कोटा

प्रकाशित मिति: असार २५ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • इटहरीमा सडकको डिभाइभरमा मोटरसाइकल ठोक्किँदा अनिल राईको मृत्यु

    धरानः इटहरीमा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते बनेका छन् । पानी परिरहेको समयमा चिप्लिएर सडकको डिभाइडरमा...

    • ११ मिनेट अगाडी
    • १ मिनेट पाठ
  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १२ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १६ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १६ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १९ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend