Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

डेंगीको जोखिम बढ्न थाल्यो, सुनसरीमा संक्रमण तीब्र

हाम्रो कोशी आवाज
असार २६ २०८०, मंगलबार
डेंगीको जोखिम बढ्न थाल्यो, सुनसरीमा संक्रमण तीब्र

धरानः बर्षायाम सरु भएसँगै डेंगीको जोखिम बढ्न थालेको छ । केही दिन यता डेंगीका संक्रमितहरु बढ्न थालेका छन् । यो वर्ष सबैभन्दा बढी संक्रमित कोशी प्रदेशमा देखिएका छन् भने हालसम्म ६६ जिल्लामा डेंगी फैलिइसकेको स्वास्थय मन्त्रालयको तथ्यांक छ ।
एडिस एजप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगीको संक्रमण जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि हुन सक्छ । यस प्रजातिको लामखुट्टेले सफा पानीमा अण्डा पार्ने भएकाले यसको असर ग्रामीण भेग भन्दा सहरी क्षेत्रमा बढी हुने गरेको पाइएको छ ।
यो वर्ष जनवरीदेखि देशभर झण्डै १२ सय व्यक्तिमा डेंगी संक्रमण देखिएको छ भने एक जनाको मृत्यु भइसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सबैभन्दा धेरै संक्रमण सुनसरीमा फैलिएको छ भने ६६ जिल्लामा यसको संक्रमण देखिएको छ । जुनदेखि अगस्टलाई डेंगीले महामारीको रूप लिन सक्ने समय मानिन्छ । मनसुनपछिको समयमा डेंगी संक्रमण बढ्न सुरु हुन्छ ।
नेपालमा सन् २००४ पुष्टी भएको डेंगी सन् २००६, २०१०, २०१३, २०१६, २०१७, २०१९ र २०२२ मा बढी मात्रामा देखिएको थियो । जसमध्ये २०१९ मा पुष्टी भएको डेंगी प्रकोपको रुपमा फैलिएर देशका ६८ जिल्लामा फैलँदा ६ जनाको मृत्यु भएको थियो । २०२२ सालसम्म आउँदा डेंगी झनै विकरालको रुपमा फैलिएको थियो । जसबाट हालसम्मकै बढी ५४ हजार ७८४ जनामा डेंगीको संक्रमण देखिएको थियो भने ८८ जनाको मृत्युसमेत भयो ।
डेंगीको संक्रमण देखिएपछि ज्वरो आउने, शरीर दुख्ने दादुराजस्ता फोका आउने, टाउको दुख्ने, पखाला लाग्ने जस्ता लक्षण देखिन्छन् । संक्रमणका कारण रगतमा प्लेटलेट्स कमी हुने भएकाले बिरामीले पोसिलो र झोलिलो पदार्थ बढी मात्रामा खानुपर्ने चिकित्सकको सुझाव छ ।
गत वर्ष डेंगी सक्रमण महामारीकै रुपमा फैलिएपछि सिटामोल लगायतका औषधिसँगै, बजारमा रगतको अभाव देखिएको थियो । त्यस्तै, डेंगी नियन्त्रणका लागि सरकार तथा स्थानीय तहरुले लामखुट्टे मार्नका लागि विभिन्न अभियान सञ्चालन गरेपनि प्रभावकारी नहुँदा ठूलो क्षति भएको थियो ।
अहिलेको अवस्थामा डेंगीको प्रकोप नै नभएपनि फैलँदो अवस्थामा रहेको छ । यसलाई नियन्त्रण गर्न व्यक्ति आफैं तथा स्थानीय तहदेखि सरकारको तहबाट नै लाग्नु जरुरी छ ।

प्रकाशित मिति: असार २६ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • वैज्ञानिकहरूको निष्कर्षः २०७२ को भूकम्पले पनि भोटेकोशी महाप्रलयको बित्यास

    धरानः नेपाल र तिब्बतको सीमावर्ती क्षेत्र लाङटाङ लिरुङमा गएको विनाशकारी बाढी र हिमपहिरोमा मानव सिर्जित जलवायु परिवर्तनको प्रत्यक्ष भूमिका रहेको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन्...

    • १० घण्टा अगाडी
    • २ मिनेट पाठ
  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend