Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

यसै वर्षदेखि कोशी प्रदेशमा नेपालमै पहिलोपटक चियासम्बन्धी चिया प्रविधि पठनपाठन हुने

हाम्रो कोशी आवाज
असार २८ २०८०, बिहिबार
यसै वर्षदेखि कोशी प्रदेशमा नेपालमै पहिलोपटक चियासम्बन्धी चिया प्रविधि पठनपाठन हुने

इलामःनेपालमा चिया रोपण सुरु भएको करिब १६० वर्षपछि चियासम्बन्धी पढाइ हुनेभएको छ । इलामको साँखेजुङस्थित रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयले यही वर्षदेखि चिया प्रविधिसम्बन्धी पढाइ सञ्चालन गर्ने तयारी गरेको हो ।
शिक्षालयले जिल्लास्थित सरोकारवाला र चिया उद्योगीहरुबीच चिया प्रविधिसम्बन्धी अन्तरक्रिया गरेको छ । चिया प्रविधि प्रि–डिप्लोमा तह (अप्रेन्टिशीप मोडालिटी) मा रहेर चिया प्रविधिसम्बन्धी कक्षा सञ्चालन गर्ने तयारी गरिएको शिक्षालयका प्रमुख दिपक खनालले बताए ।
चिया प्रविधि पढाइका लागि दुई वर्षै पाठ्यक्रम भने यसअघि नै स्वीकृत भइसकेको छ । पाठ्यक्रम विकास तथा स्तर निर्धारण महाशाखाले चियाको पाठ्यक्रम निर्माण गरेको हो । पाठ्यक्रम निर्माणपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट पनि पाठ्यक्रम स्वीकृत भइसकेको जनाइएको छ ।
‘अब कक्षा सञ्चालनको पत्र आउनसाथ कक्षा सुरुगर्ने तयारी गरेका छौं ।’ प्रमुख खनालले भने, ‘यो शिक्षामा विद्यार्थीले पहिलो तीन महिना शिक्षालयमा अध्ययन गर्नेछन् । त्यसपछि उद्योगहरुमा चिया प्रविधि सिकाइको अभ्यास हुनेछ ।’
यसैवर्ष एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई यो शिक्षामा सहभागी गराउने लक्ष्य रहेको खनालको भनाइ छ । २० देखि ४० जना विद्यार्थीलाई चिया प्रविधिमा समावेश गराइने बताइएको छ । ‘नेपालमा चियासम्बन्धी प्रविधि सिकाइको पढाइ कतै पनि छैन । गुणस्तरीय तयारी चिया निर्माणका लागि भारतबाटै प्राविधिकहरु ल्याउनु पर्ने बाध्यता छ ।’ शिक्षालय प्रमुख खनाल भन्छन्, ‘नेपालमै दक्ष जनशक्ति उत्पादन गर्दा त्यो जनशक्ति देशभित्र खुलेका चिया उद्योगमा खपत हुनसक्छ ।’
चिया प्रविधि पढाइका लागि यो वर्ष कोशी प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले सहयोग गरेको छ । मन्त्रालयको सहयोग हुन्जेल यो शिक्षा लिने विद्यार्थीले विनाखर्च अध्ययन गर्न पाउनेछन् ।

प्रकाशित मिति: असार २८ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend