Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा मोटरसाइकलको ठक्करले सदीक्षा राईको ज्यान गयो

हाम्रो कोशी आवाज
असार २८ २०८०, बिहिबार
सुनसरीमा मोटरसाइकलको ठक्करले सदीक्षा राईको ज्यान गयो

इटहरीः सुनसरीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
इटहरी–१३ खनारस्थित नहर छेऊको बाटोमा दुर्घटना हुँदा ५ वर्षीया सदीक्षा राईको ज्यान गएको प्रहरीले जनाएको छ । स्थानीय सुलेमान मियाँ सवार प्र १–०२–०४३ प ७४१४ नम्बरको मोटरसाइकलले सदीक्षालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी उनको विराटनगरस्थित नोवेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सुलेमान मियाँलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रकाशित मिति: असार २८ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend