Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चार्जमा रहेको मोबाइल फोन उठाउनेवित्तिकै करेन्ट लागेर महिलाको मृत्यु

हाम्रो कोशी आवाज
असार ३० २०८०, शनिबार
चार्जमा रहेको मोबाइल फोन उठाउनेवित्तिकै करेन्ट लागेर महिलाको मृत्यु

झापा: झापामा चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट सर्ट भई एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गौरिगञ्ज गाउँपालिका १ का जगतबहादुर श्रेष्ठकी श्रीमती ५५ वर्षीय सिला बुढाथोकी रहेकी छन् ।
खेतमा काम गरेर घर फर्किएलगत्तै मोबाइलमा चार्जमा रहेको मोबाइलमा फोन आएपछि बुढाथोकीले फोन उठाएकी थिइन् । सोही क्रममा अचानक फोनबाट करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति: असार ३० २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend