Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इटहरीमा दुर्घटनाः स्कुटीलाई ठक्कर दिँदा युवतीको मृत्यु

हाम्रो कोशी आवाज
साउन ३ २०८०, बुधबार
इटहरीमा दुर्घटनाः स्कुटीलाई ठक्कर दिँदा युवतीको मृत्यु

धरानः इटहरीमा सिटी सफारीको ठक्करबाट स्कुटरमा सवार एक युवतीको मृत्यु भएको छ ।
कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीकाअनुसार इटहरी–९ स्थित साथी पेट्रोल पम्पअगाडि दुर्घटना भएको हो । दुर्घटनामा स्कुटी पछाडि सवार इनरुवा–७ की २४ वर्षीया सञ्जु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खनारबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश नं. १–०२–००३ह५५७७ र (हाल इटहरी उपमनपा १ ह ०१२५) सिटी सफारीले बाटो क्रस गर्दै गरेको प्रदेश नं. १–०२–०४२ प २८ नम्बरको स्कुटीलाई ठक्कर दिँदा दुर्घटना भएको होे ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान ल्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । स्कुटी चालक रामधुनी नगरपालिका ५ बस्ने ३२ वर्षीया लक्ष्मी राई घाइते भएकी छिन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । सिटी सफारी चालक इटहरी–४ बस्ने ५१ वर्षीय टंकबहादुर रानामगरलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति: साउन ३ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend