Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानमा ३० बेडको छुट्टै डेंगु वार्डको व्यवस्था, ८१९ को परीक्षण गर्दा ६१५ मा डेंगु

हाम्रो कोशी आवाज
साउन ७ २०८०, आइतबार
धरानको बीपी प्रतिष्ठानमा ३० बेडको छुट्टै डेंगु वार्डको व्यवस्था, ८१९ को परीक्षण गर्दा ६१५ मा डेंगु

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुग्ने अधिकांश बिरामीमा डेंगु संक्रमण रहेको पाइएको छ ।
गत असार २९ गतेदेखि प्रतिष्ठानको जीओपीडी भवनअगाडि छुट्टै डेंगु क्लिनिक सञ्चालनमा ल्याइएको र श्रावण ७ गतेसम्म ८ सय १९ जनाको परीक्षण गर्दा ६१५ जनामा डेंगु संक्रमण देखिएको प्रतिष्ठानका प्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।
सर्वसाधारणले सहजरुपमा उपचार पाउन सकुन् भन्ने उद्देश्यले प्रतिष्ठान तथा धरान उपमहानगरपालिकाको सहकार्यमा डेंगु क्लिनिक सञ्चालनमा आएपछि बिरामीको चाप पनि बढ्दै गएको उनले जानकारी दिए ।
साउन ७ गतेदेखि छुट्टै डेंगु वार्ड सञ्चालनमा ल्याएको प्रतिष्ठानले जनाएको छ । इमर्जेन्सीमा आउने डेंगुका बिरामीकोे चापमा अत्याधिक वृद्धि हुँदा कुनैपनि बिरामी उपचार सेवाबाट बन्चित नभई सहजरुपमा उपचार सेवा पाउन तथा अन्य रोगका बिरामीहरुको उपचार सेवामा समेत असर नपरोस् भन्ने उद्देश्यले प्रतिष्ठानको कोभिड अस्पताल भवनमा (धर्मशालाको पूर्वपट्टी) हाललाई ३० (तीस) बेडको छुट्टै डेंगु वार्डको व्यवस्था गरिएको उनले जानकारी दिए ।
उपचारका लागि आएका डेंगुका बिरामीहरु मध्ये सिकिस्त बिरामीहरुलाई आईसियू, इमर्जेन्सी र अन्य वार्डहरुमा उपचारार्थ राखिने छ भने त्यसबाहेक स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने डेंगुका बिरामीहरुलाई सो वार्डमा भर्ना गरी उपचार गरिने उनले बताए । कोभिड अस्पतालमा सञ्चालनमा ल्याइएको डेंगु वार्डमा बिरामीको चाप र आवश्यकतालाई मध्यनजर गरी भविष्यमा बेड क्षमता विस्तार एवम् सघन उपचार सेवा (आइसियू) समेत सञ्चालन गरिने जनाइएको छ ।

प्रकाशित मिति: साउन ७ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend