Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ट्याक्सी सडकबाट खस्दा एकजनाको मृत्यु, दुईजना गम्भीर घाइतेसहित ११ जना घाइते

हाम्रो कोशी आवाज
साउन ९ २०८०, मंगलबार
ट्याक्सी सडकबाट खस्दा एकजनाको मृत्यु, दुईजना गम्भीर घाइतेसहित ११ जना घाइते

धरानः मेची राजमार्गस्थित फिदिम २ कृष्ण मन्दिर छेउमा भएको ट्याक्सी दुर्घटना भएको छ ।
१४ जना घाइतेमध्ये एकजनाको मृत्यु भएको जनाइएको छ । मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) हरि खतिवडाले बताए । मृतक अन्दाजी ३५ वर्षीय पुरुष रहेको उनले जानकारी दिए ।
दुर्घटनामा पाँचथर फिदिम नगरपालिका १० की ४० वर्षीया सविना विश्वकर्मा र काठमाण्डौ बल्खुकी २० वर्षीय मिना लिम्बूलाई थप उपचारको लागि झापा रेफर गरिएको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था गम्भीर भएको डीएसपी खतिवडाले बताए । झापाको बिर्तामोडदेखि ताप्लेजुङ हिँडेको मे१ज १९४१ नम्बरको जीप मंगलबार दिउँसो फिदिम नगरपालिका २ सामदिनमा दुर्घटना भएको हो ।
घाइते हुनेहरुमा सवारी चालक इलाम दानबारी–८ का २६ वर्षीय अर्जुन विक, ताप्लेजुङ पाथिभरा याङवरक–१ का २३ वर्षीय बुद्धहाङ लिम्बू, ताप्लेजुङ मिक्वाखोला–५ का २६ वर्षीय इसेटिक शेर्पा, पाँचथर हिलिहाङ गाउँपालिका १ का २५ वर्षीय रोषन श्रेष्ठ, हिलिहाङ गाउँपालिका १ का २३ वर्षीय भुपेन्द्र श्रेष्ठ, ताप्लेजुङ सिरिजङगा–३ का २४ वर्षीया अजय लिम्बू, सिद्धिथुम्की इलामका १४ वर्षकी निरुता सेन्चुरी, पतन्जाी गाउँपालिका कालिकोटका २३ वर्षीय सुमन खड्का, फाल्गुनन्द गाउँपालिका ३ पाँचथरका ३५ वर्षीय राम नेम्वाङ, पाँचथर फिदिम नगरपालिका १० की ५ वर्षीय पुस्तिका विक घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: साउन ९ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend