Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनको गरगहना लुट्ने गिरोह नै प्रहरी फन्दामा

हाम्रो कोशी आवाज
साउन १४ २०८०, आइतबार
सुनको गरगहना लुट्ने गिरोह नै प्रहरी फन्दामा

मोरङ: महिलाले लगाएको सुनको गरगहना लुटपाट गरेको आरोपमा चारजना पक्राउ परेका छन् ।
मोरङको सुन्दरहरैचा नगरपालिका-९ बस्ने २७ वर्षीया महिलाले लगाएको सुनको सिक्री लुटपाट गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका-१६ बस्ने २६ वर्षीय विशाल रायमाझी, पर्सा जगरनाथपुर नगरपालिका-६ बस्ने २९ वर्षीय उमेशराय यादब र माहादेबपुर नगरपालिका-६ बस्ने ८ वर्षीय बालक रहेका छन् ।
सोही नगरपालिका-८ सलकपुर बजारमा तरकारी किनिरहेको अवस्थामा सिक्री थुति भाग्ने क्रममा स्थानीयले अभियुक्त मध्येका विशाललाई नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कर्यालय विराटचोकबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
उता, धनुषाको लक्ष्मिनिया गाउँपालिका-५ भंगाहा बस्ने ५० वर्षीया महिलाको सुनको मंगलसुत्र लुटपाट गरेको अभियोगमा भारत बिहार राज्य सितामढी भीतामोड बस्ने २५ वर्षीया पुजा महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।
लक्ष्मिनिया गाउँपालिका-४ सपहीस्थित मोहरम मेलामा पुजा महर्जनले महिलाको मंगलसुत्र तान्ने क्रममा प्रहरी चौकी लक्ष्मिनियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: साउन १४ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend