Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सेउती पुल नजिकको घटनाः युवाको हत्यामा संलग्न धरानका युवासहित पेस्तोल उपलब्ध गराउने व्यक्ति समातिए

हाम्रो कोशी आवाज
साउन १९ २०८०, शुक्रबार
धरानको सेउती पुल नजिकको घटनाः युवाको हत्यामा संलग्न धरानका युवासहित पेस्तोल उपलब्ध गराउने व्यक्ति समातिए

धरानः विराटनगर महानगरपालिका– ५ का रोहित चौधरी हत्याकाण्डमा थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार हत्याकाण्डको अनुसन्धानका क्रममा बिहीबार धरान र विराटनगरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रहरी उपरीक्षक ढकालले पक्राउ पर्नेमा धरानका प्रकाश लिम्बू र विराटनगरका अज्जु भनिने अजय शर्मा रहेको जानकारी दिए । शर्माले हतियार उपलब्ध गराएको पाइएको प्रहरीले जनाएको छ । चौधरी हत्याकाण्डमा प्रहरीले बुधबार नाइके मानिएको लेटाङ नगरपालिका– १ का दीपक तिमल्सिना र धरान– १४ का अनसन तामाङलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।
त्यससँगै थप अनुसन्धानका क्रममा करिब २२ वर्षका लिम्बूलाई धरान र करिब ३० वर्षका शर्मालाई विराटनगरबाट पक्राउ गरिएको ढकालले जानकारी दिए । घटनामा तीनजनाको संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा खुलेसँगै हत्या प्रकरणमा जोडिएका अन्यको पक्राउमा प्रहरी खटिएको छ ।
मोटरसाइकल रोकेर सेउती पुलनजिक बसेको अवस्थामा लुटेराहरुले युवतीले लगाएको सिक्री मोबाइल र पैसा लुटेका थिए । त्यसक्रममा चौधरीले प्रतिकार गरेका थिए । प्रतिकार गर्दा मुख्य नाइके तिम्सिनाले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गोली लागेर घाइते भएका चौधरीको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।
यसअघि धरान–१४ का ३४ वर्षीय अनसन तामाङ र मोरङको लेटाङ नगरपालिका १ का ३५ वर्षीय पर्वत भन्ने दीपक तिमिल्सिना पक्राउ परिसकेका छन् । गत साउन ५ गते साँझ विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहितको गोली हानी हत्या भएको थियो । उनीहरूले लुटपाटकै रकमले ४० हजारमा भारतको जोगिनीमा गएर पेस्तोल किनेको खुलेको थियो ।

प्रकाशित मिति: साउन १९ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend