Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको शिवधारादेखि भेडेटारसम्म सवारी रोकेर दिशापिसाब गराउन नपाइने, अब प्रहरी कुदिरहने

हाम्रो कोशी आवाज
साउन २५ २०८०, बिहिबार
धरानको शिवधारादेखि भेडेटारसम्म सवारी रोकेर दिशापिसाब गराउन नपाइने, अब प्रहरी कुदिरहने

धरानः धरानको जलाधार क्षेत्रमा पर्ने धरान–भेडेटार सडक खण्डमा सवारी रोकेर दिशापिसाब गर्न नपाइने भएको छ ।
धरानको शिवधारादेखि भेडेटारसम्म कुनै पनि सवारी रोक्न नपाइने र रोकेको पाइएमा एक लाख रुपैयाँसम्म जरिवाना साथै अन्य कानुनी प्रक्रिया अपनाइने धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले जानकारी दिए ।
‘शिवधारादेखि भेडेटारसम्मै कहीँकतै सवारी रोकेर दिशापिसाब गर्दै गरेको अथवा रोकिराखेको देख्यौं भने प्रहरी बिहानदेखि आधा रातसम्म हिँडिराखेको हुन्छ, उनीहरुले नियन्त्रण गर्न सक्छ’, उनले थपे, ‘नियन्त्रण गर्न सकेनन् भने पनि सवारी नम्बर भिडियो र तस्वीरमा आए सम्बन्धित निकायमा रिपोर्ट गरेर कानुनी उपचार गर्दछौं ।’
उनले दिशापिसाब लागेमा शिवधारामा रहेको शौचालय र भेडेटारमा रहेको शौचालय प्रयोग गरिदिन आग्रह समेत गरे ।
यसअघि सर्दु जलाधार क्षेत्र फोहोर र दुषित भएको भन्दै गुनासो बढिरहेको थियो । अहिले पनि धरानबासीले खर्दुखोला र निशाने खोलाको पानी खाइरहेका छन् । यसअघि पानीमा दिशामा पाइने जीवाणु फेला परेको समेत जनाइएको छ ।
धरान–भेडेटार सडक खण्डअन्तर्गत पर्ने धरान–४ को आँगगाछी क्षेत्र र भेडेटार केही तल छोटी मोरङ छेऊ र केही तलसमेत सवारी रोकेर झाडीमा यात्रुलाई दिशापिसाब गराइने गरिन्थ्यो । धरान उपमहानगरपालिकामा साम्पाङ निर्वाचित भएर आएपछि आँपगाछी क्षेत्रमा प्रहरीको चेकपोष्ट समेत राखेर निगरानी गरिँदैको थियो ।
अहिले आएर धरान–४ को निशाने खोला र आँपगाछी क्षेत्र नजिकै पर्ने ठाउँमा दिशापिसाब गर्ने गरिएको पाइएकोले कडाइका साथ लागिएको मेयर साम्पाङले जानकारी दिए ।
यसैबीच निशाने खोला, खोला छेऊ पर्ने एरियामा तारघेरा समेत गर्न थालिएको छ ।

प्रकाशित मिति: साउन २५ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend