Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान उपमहानगरपालिका क्षेत्रलाई स्वास्थ्य आपतकाल घोषणा गर्न सिफारिस

हाम्रो कोशी आवाज
साउन २६ २०८०, शुक्रबार
धरान उपमहानगरपालिका क्षेत्रलाई स्वास्थ्य आपतकाल घोषणा गर्न सिफारिस

धरानः धरान उपमहानगरपालिका क्षेत्रलाई स्वास्थ आपतकाल घोषणा गर्न सिफारिस गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले सो माग गर्दै सिफारिर गरेको हो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिले धरानलाई ‘पब्लिक हेल्थ इमर्जेन्सी’ लागू गरेर डेंगुविरुद्ध तीब्र अभियान चलाउन गृह मन्त्रालयमा सिफारिस गरेको हो ।
धरान उपमहानगरको सबैजसो वडामा संक्रमितको संख्या बढेको जनाउँदै प्रशासनले जनस्वास्थ्यको आपतकालीन अवस्था (पब्लिक हेल्थ इमर्जेन्सी) घोषणका लागि गृह मन्त्रालय तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशलाई अनुरोध गरेको छ ।
प्रजिअ पाण्डेले डेङ्गु संक्रमण बढेपछि तत्काल धरानलाई ‘पब्लिक हेल्थ इमर्जेन्सी’ लागू गर्न सिफारिस गरेको बताइन् । उनले यसअघि पनि पटक–पटक धरानको डेंगी संक्रमणको विषयमा गम्भीर छलफल गर्ने गरेको र अहिले झन् बढेपछि तत्काल धरानलाई ‘पब्लिक हेल्थ इमर्जेन्सी’ लागू गर्न सिफारिस गरेको बताइन् ।
अहिले धरानमा डेगुको संक्रमण तीब्ररुपमा फैलिँदो छ । प्रत्येकजसो घरमा बिरामी छन् । धरान उपमहानगरपालिकाले दिनहुँजसो डेंगुविरुद्धको अभियान चलाइरहेको छ । मेयर साम्पाङ आफैं पनि स्वास्थ्यकर्मीको टोली लिएर अभियान चलाउँदै घर घरमा पुगिरहेका छन् । उनी स्कुल स्कुलमा पनि पुगेर विद्यार्थीलाई लार्भा नष्ट गरौं, लार्भा नष्ट गरौं भनिरहेका मात्रै छैनन् जनताको घरघरमा पनि पुगेर लार्भा नष्ट गर्ने अभियान चलाइरहेका छन् ।
यसअघि मेयर साम्पाङले टिएलओ, धरानका स्कुल सञ्चालकहरुलाई बोलाएर डेंगु नष्ट गर्ने अभियानमा सबैजना लाग्न आग्रह गरेका थिए । तर मेयरको आग्रहलाई टिएलओ र विद्यालयहरुले भने खासै वास्ता गरेको पाइएको छैन ।
हाल धरानमा हजारौंमा डेंगु संक्रमण भइसकेको छ भने ९ जनाको मृत्यु समेत भइसकेको छ ।

प्रकाशित मिति: साउन २६ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend