धरानः धरानका युवा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
मोरङको विराटनगर महानगरपालिका–१६ मा उनीहरु चेकजाँचका क्रममा पक्राउ परेको प्रहरीले जनाएको छ । प्रदेश १–०२–०४५ प.६३८७ नम्बरको मोटरसाइकलमा सवार रहेका धरान–१५ का ३३ वर्षीय खेमचन्द्र राई र धरान–८ का ३१ वर्षीय रबिचन्द्र राई १ ग्राम ५८ मिलीग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।
यसैगरी को१ह ६३९५ नम्बरको टेम्पोलाई चेकजाँच गर्ने क्रममा टेम्पो चालक गढी गाउँपालिका–८ उदयपुरका २५ वर्षीय इन्द्रबहादुर तामाङ र टेम्पोमा सवार रहेका विदुर नगरपालिका–५ नुवाकोटका २४ वर्षीय सुजित डंगोललाई २२ ग्राम ३४ मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो प्रदेश १–०१–०१४ प. ९८४५ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका बेलबारी नगरपालिका–४ का २४ वर्षीय संजीव राईलाई २८० मिलीग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।