Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दिउँसै तरबार प्रहार गर्ने दुई युवा समातिए

हाम्रो कोशी आवाज
साउन ३१ २०८०, बुधबार
दिउँसै तरबार प्रहार गर्ने दुई युवा समातिए

विराटनगरः विराटनगरमा दिनदहाडै तरबार प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–८ का २२ वर्षीय समीर हुसेन र विराटनगर–६ का २४ वर्षीय अशोक अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।
नेपाल–भारत सीमा क्षेत्रनजिकबाट बुधवार राति हुसेन र अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए ।
साउन २९ गते सोमबार एउटा मोटरसाइकलमा आएका तीन जनाले मोहम्मद हलिमलाई तरबारले हानेका थिए ।
तरबार प्रहारबाट विराटनगर–८ का २२ वर्षीय हलिम गम्भीर घाइते भएका थिए । उनको दुवै हातमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये समीर घटनाका मुख्य अभियुक्त रहेको प्रहरीले जनाएको छ । सोमबार दिउँसो रातो पल्सर मोटरसाइकलमा तीन जना चढेर महमद हलिमलाई तरबार प्रहार गरेका थिए । समीरले बोकेको तरबारले हलिमलाई प्रहार गरेका थिए । तरबार प्रहारबाट हलिम गम्भीर घाइते भएका थिए । दुवै हातमा गहिरो चोट लागेका उनको विराटनगरकै नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा आठ जनाको संलग्नता देखिएको छ । फरार रहेका ६ जनाको खोजीका लागि मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले विशेष टोली परिचालन गरेका छन् ।
घटनामा प्रयोग गरिएको तरबार भने प्रहरीले यसअघि नै बरामद गरिसकेको छ । हलिममाथि आक्रमण गरेपछि तरबार झाडीमा फालेर घटनामा संलग्नहरू भागेका थिए ।
पुरानै रिसईबीका कारण हलिममाथि तरबार हानिएको हुनसक्ने प्रहरीको भनाइ छ । पक्राउ परेका दुवै जनालाई प्रहरीले बुधवार मोरङ अदालतमा ज्यान मार्ने उद्योगमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति: साउन ३१ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend