Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सडकमा ‘चेकिङ’ गरिरहेका प्रहरी निरीक्षकमाथि बन्चरो प्रहार

हाम्रो कोशी आवाज
भाद्र ७ २०८०, बिहिबार
सडकमा ‘चेकिङ’ गरिरहेका प्रहरी निरीक्षकमाथि बन्चरो प्रहार

बिर्तामोडः लागूऔषधले लटठिएका युवाले झापाको झिलझिलेस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक युवराज कटुवालमाथि बन्चरो प्रहार गरेका छन् ।
सवारी चेकजाँचमा खटिएका उनीमाथि बन्चरो प्रहार भएको प्रहरीले जनाएको छ । बिहीबार साँझ पूर्वपश्चिम लोकमार्गमा प्रहरी निरीक्षक कटुवाल ड्युटीमा खटिएका बेला उनीमाथि बन्चरो प्रहार भएको हो । प्रहरीका अनुसार तीन जना चढेको एउटा मोटरसाइकललाई रोकेर सोधपुछ गर्दैगर्दा ३६ वर्षीय अशोक पोखरेलले लुकाएर ल्याएको बन्चरो निकालेर कटुवाललाई टाउको र हातमा बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ ।
टाउको र हातमा चोट लागेका घाइते प्रहरी निरीक्षक कटुवाललाई बीएन्डसी हस्पिटलमा उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।
घाइतेको टाउकोमा ८ टाँका र हातको औलामा ३ टाँका लगाइएको छ । प्रहरीले मे४प २७५१ नम्बरको मोटरसाइकल र मोटरसाइकल चालक ३२ वर्षीय अरुण तामाङ, मोटरसाइकलको बीचमा बसेका ३३ वर्षीय लक्ष्मण टुडु र बन्चरो हान्ने ३६ वर्षीय पोखरेललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । उनीहरूको साथबाट ब्राउन सुगर समेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र ७ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend