Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चतराको कोशी पुल छेऊमा कार रोकेर डा. उज्ज्वल कोइराला बेपत्ता, जुत्ता र मोबाइल भेटियो

हाम्रो कोशी आवाज
भाद्र ११ २०८०, सोमबार
चतराको कोशी पुल छेऊमा कार रोकेर डा. उज्ज्वल कोइराला बेपत्ता, जुत्ता र मोबाइल भेटियो

गोताखोरले खोज्न थाल्यो
धरानः कोशीको पुलमा गाडी छाडिराखेर चिकित्सक बेपत्ता भएपछि प्रहरीले खोजी सुरू गरेको छ ।
झापा दमकका डाक्टर उज्ज्वल कोइराला उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर बेपत्ता भएका छन् । उनले लगाएको जुत्ता र उनले चलाउने मोबाइल कोशी नदी किनारमा भेटिएको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए ।
मोरङको उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत डाक्टर प्रज्ज्वल कोइराला सम्पर्कविहीन भएका छन् । सप्तकोशी पुलमा गाडी छोडेर उनी गएरातिदेखि बेपत्ता भएका हुन् ।
पुलको रेलिङमा मोबाइल पनि भेटिएको उदयपुर प्रहरीले जनाएको छ । ‘गाडीसँगै जुत्ता र मोजा पनि पुलमाथि नै छ,’ उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले भने, ‘पुलको रेलिङमा मोबाइल पनि भेटिएको छ ।’
बिहान ४ बजेदेखि खोजी गरे पनि अहिलेसम्म पत्ता नलागेको फुयाँलले बताए । होटलहरूमा फोटोसहित खोजी गर्दा समेत फेला नपरेपछि सशस्त्रको गोताखोर टोली बोलाएर खोजी गरिरहेको छ ।
‘बेपत्ता डाक्टर कोइरालाका परिवार तथा आफन्तहरू आइपुग्नुभएको छ,’ फुयाँलले भने, ‘गोताखोरको टोलीले खोजी गर्न थालेको छ ।’
प्रदेश १ –०२००२च ४१६६ नम्बरको गाडीभित्र हस्पिटलको कागजपत्र समेत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीका अनुसार प्रदेश १ ०२ ००२ च ४१६६ नम्बरको कार छाडी रातिबाट कोइराला बेपत्ता भएका हुन् ।
स्थानीयबासीले बेवारिसे कार देखेपछि बिहान ४ बजे प्रहरीलाई खबर गरेका थिए । सुनसरीको चतराघाटस्थित कोशी पुलको उदयपुर खण्डमा गाडी छाडेर उनी बेपत्ता भएका हुन् ।
कागजातमा कोइरालाको घर झापाको दमक नगरपालिका १ घर रहेको उल्लेख छ । ३८ वर्षीय कोइराला चढेको गाडी राति दुई बजेदेखि रोकिएको थियो ।

प्रकाशित मिति: भाद्र ११ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend