Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान उपमहानगरपालिकालाई डेंगु किट प्रदान, स्वास्थ्य विषय पढाउने शिक्षकलगायतलाई डेंगु रोकथामसम्बन्धी अभिमुखीकरण

हाम्रो कोशी आवाज
भाद्र १८ २०८०, सोमबार
धरान उपमहानगरपालिकालाई डेंगु किट प्रदान, स्वास्थ्य विषय पढाउने शिक्षकलगायतलाई डेंगु रोकथामसम्बन्धी अभिमुखीकरण

धरानः धरानका सरकारी विद्यालयमा स्वास्थ्य विषय पढाउने शिक्षक र महिला स्वास्थ्यकर्मीहरुलाई डेंगु रोकथाम तथा नियन्त्रणसम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ ।
धरान–१२ चतरालाईन स्थित गोरखा होटलमा अभिमुखिकरण कार्यक्रम दुई चरणमा सम्पन्न भएको हो । युके एड र स्टार्ट फन्ड नेपालको आर्थिक सहयोग, कतार च्यारिटी, एन.ट्याग. नेपाल, हिल नेपाल र हुसाइडेक नेपालको सहयोग र धरान उपमहानगरपालिका स्वास्थ्य र शिक्षा महाशाखाको सहकार्यमा कार्यक्रम भएको हो ।
धरान, धनकुटा र बिराटनगरमा एकसाथ डेंगु रोकथाम तथा नियन्त्रणसम्बन्धी तालिम सञ्चालन भइरहेको डेंगु आउटब्रेक रेस्पोन्स प्रोग्रामका सम्योजक दिपेन्द्र भट्टले बताए । धरान उपमहानगरपालिकालाई ३ हजार ५०० वटा डेंगुु टेष्ट किट प्रदान गरिएको संयोजक भट्टले बताए । त्यसैगरी स्थानिय आवश्यकता अनुसार डेंगु म्यानेजमेन्ट कीट, थर्मोमिटर, तौलिया, ग्लुकोज, इलेक्ट्रिक ब्याट, झुल र ओआरएस समेत प्रदान गरिने प्रोग्रामका संयोजक भट्टले जानकारी दिए ।
पहिलो चरणमा शिक्षकहरुलाई अभिमुखीकरणको सहजीकरण गर्दै स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले डेंगु नियन्त्रणको प्रमुख उपाय भनेकै सर्च एन्ड डिस्ट्रोइ भएको बताए । लामखुट्टेको लार्भा भएको बास स्थानको खोजी गरी नष्ट गरेर लामखुट्टेको वृद्धि विकासलाई रोक्नु नै रोकथामको उत्तम उपाय भएको प्रमुख मेहेताले बताए ।
शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाले अभिमुखीकरणपछि आफ्नो–आफ्नो स्कुलका सबै कक्षाहरुमा डेंगु रोकथामसम्बन्धी कुराहरु विद्यार्थीलाई सुनाउन शिक्षकहरुलाई आग्रह गरे । उनले भने, ‘शिक्षकले त्यसरी सुनाए पछि बिद्यार्थीहरु मार्फत घर घरमा यो सन्देश पुग्छ ।’
दोश्रो चरणमा धरानका विभिन्न स्वास्थ्य चौकीमा कार्यरत महिला स्वास्थ्यकर्मीहरुलाई डेंगु रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टद्वय सुरेन्द्र उराव र डा.ललिता रायले स्वास्थ्यकर्मीहरुलाई डेंगु रोकथामसम्बन्धी सहजीकरण गरे । तस्वीरः तिर्थ कार्की

प्रकाशित मिति: भाद्र १८ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend