Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कलेज बसको ठक्करले मृत्यु, धरानमा स्कुटी दुर्घटनामा एकजना गम्भीर घाइते

हाम्रो कोशी आवाज
भाद्र १९ २०८०, मंगलबार
कलेज बसको ठक्करले मृत्यु, धरानमा स्कुटी दुर्घटनामा एकजना गम्भीर घाइते

धरानः कलेज बसको ठक्करले एकजनाको मृत्यु भएको छ ।
विराटनगर-१३ मुख्यमन्त्री निवासको अगाडि रानी विराटनगर भित्री पक्की सडक खण्डमा रानीबाट विराटनगरतर्फ जाँदै गरेको नेशनल एकेडेमी कलेजको ग१ख ७६९९ नम्बरको बसले ठक्कर दिँदा साइकलयात्री रंगेली बस्ने ६२ वर्षीय गणेश श्रेष्ठ गम्भीर घाइते भएका थिए ।
उपचारका क्रममा न्यूरो अस्पताल विराटनगरमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालक विराटनगर-३ बस्ने ५६ वर्षीय दलबहादुर कार्की प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यसैबीच धरानमा दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् । धरान-१२ चतरालाइनस्थित भित्री पक्की सडक खण्डमा प्र १–०२–०५० प ८३८३ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा धरान–११ बस्ने ४६ वर्षीय इन्द्रकुमार राई गम्भीर घाइते भएका थिए । उनको बीपी प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र १९ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend