Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा घुस लिएका कर्मचारीलाई अख्तियारले समात्यो

हाम्रो कोशी आवाज
भाद्र १९ २०८०, मंगलबार
सुनसरीमा घुस लिएका कर्मचारीलाई अख्तियारले समात्यो

धरानः सुनसरीमा सेवाग्राहीसँग घुस लिने कर्मचारी पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल विद्युत् प्राधिकरण, इनरुवा वितरण केन्द्रका कर्मचारीलाई पक्राउ गरेको हो ।
सुनसरीको इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जुकुमार महतोले सेवाग्राहीसँग घुस लिएको पाइएपछि अख्तियारले मंगलबार पक्राउ गरेको जनाइएको छ । उनले २५ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ । उद्योगमा विद्युत् क्षमतावृद्धि गरिदिएबापत घुस लिएका महतोलाई अख्तियारको इटहरी सम्पर्क कार्यालयबाट खटिएको टोलीले इनरुवा–३ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र १९ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend