Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चतराको कोशी पुल छेऊमा कार रोकेर बेपत्ता डाक्टरको १० दिनपछि शव भेटियो

हाम्रो कोशी आवाज
भाद्र २० २०८०, बुधबार
चतराको कोशी पुल छेऊमा कार रोकेर बेपत्ता डाक्टरको १० दिनपछि शव भेटियो

चतराः झापा दमकका डाक्टर उज्ज्वल कोइरालाको शव १० दिन पछि भेटिएको छ ।
उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर उनी वेपत्ता भएका थिए । त्यसबेला प्रहरीले उनले लगाएको जुत्ता र उनको मोबाइल सप्तकोशी नदी किनारमा भेट्टाएको थियो ।
जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी प्रमुख एव‌म् प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलका अनुसार उनको शव सुनसरीको वराहक्षेत्र २ नम्बर वडास्थित कोशी बगरको बाह्रआरी भन्ने ठाउँमा भेटिएको हो ।
झापाको दमक–१ निवासी कोइराला मदन भण्डारी ट्रमा सेन्टर, उर्लाबारीमा जनरल सर्जनको रूपमा कार्यरत थिए । डाक्टर कोइराला १० गते सोमबार राति २ बजे कोशीको पुलमा आएको सिसी टिभी फुटेजमा देखिएको थियो । डाक्टर कोइरालाले आफू सवार १–०२–००२ च ४१६६ नम्बरको कार भने सप्तकोशीको पुल छेउमा भेटिएको थियो ।

प्रकाशित मिति: भाद्र २० २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend