Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

घट्यो कृषियोग्य जग्गा, २२ लाख हेक्टर जग्गामा मात्रै खेती

हाम्रो कोशी आवाज
भाद्र २१ २०८०, बिहिबार
घट्यो कृषियोग्य जग्गा, २२ लाख हेक्टर जग्गामा मात्रै खेती

धरानः नेपालमा कृषियोग्य जग्गा घटेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले प्रस्तुत गरेको सातौँ राष्ट्रिय कृषि गणना २०७८ को तथ्यांक हेर्दा विगत १० वर्षमा ३ लाख हेक्टर कृषियोग्य जग्गा घटेको देखाएको हो ।
राष्ट्रिय कृषि गणना २०६८ मा २५ लाख हेक्टर कृषियोग्य जमिन थियो । हाल २२ लाख हेक्टर मात्रै कृषियोग्य जमिन छ । उक्त तथ्यांक अनुसार अहिले नेपालमा २२ लाख हेक्टर जग्गामा मात्रै कृषि खेती भइरहेको छ ।
पछिल्लो कृषि गणनामा २०७८ मा जग्गा भएका र पशुपक्षी मात्र भएका समेत गरी ३३ लाख ७२ हजार अर्थात् ८२ प्रतिशत कृषक परिवारले आफ्नै मात्र मात्र हक भोगको जग्गा चलन गरेका छन् । छ लाख ८९ हजार (१७ प्रतिशत) कृषक परिवारले आफ्नो परिवारको हक भोगका साथै अरूको हक भोगको जग्गा मिलाएर चलन गरेका छन् ।
अरूको हक भोगको जग्गा मात्र चलन गर्ने कृषक परिवारको सङ्ख्या ५९ हजार अर्थात् १ प्रतिशत मात्र छ । गत कृषि गणना २०६८ अनुसार यो सङ्ख्या क्रमशः ३२ लाख ४२ हजार पाँच लाख ४१ हजार र ३५ हजार थियो । यसैगरी पछिल्लो कृषि गणनाअनुसार अन्य प्रकारको जग्गा मात्र उपभोग गर्ने कृषक परिवार सङ्ख्या १० हजार (०.२ प्रतिशत) रहेको छ ।
देशभरमा कृषक परिवारले चलन गरेको जम्मा २२ लाख १८ हजार हेक्टर जग्गा मध्ये तीन लाख १२ हजार हेक्टर (१४ प्रतिशत) जग्गा अरूको हकको छ । जम्मा जग्गा मध्ये १८ लाख ९६ हजार हेक्टर (८५ प्रतिशत) जग्गा परिवारको आफ्नै हक भोगको जग्गा छ । अन्य प्रकारको उपभोग अन्तर्गत चलन गरेको जम्मा जग्गाको क्षेत्रफल करिब १० हजार हेक्टर (०.५ प्रतिशत) रहेको छ ।
अरूको हकको जग्गा कमाउने विभिन्न शर्त मध्ये वाली बाँड्ने (अधियाँ, बटैया) शर्तमा कमाउने चलन बढी देखिएको छ । २०७८ सालमा अर्काको जग्गा लिएर चलन गर्ने कृषक परिवार मध्ये ४८ प्रतिशत कृषक परिवारले वाली बाँड्ने (अधियाँ बटैया गर्ने शर्तमा जग्गा कमाएका छन् । जग्गाको हिसाब गर्दा यो शर्तमा कमाएको जग्गा अरूको हकको कमाएको सम्पूर्ण जग्गा मध्ये ५२ प्रतिशत हुन आउँछ ।
जग्गा कमाउने अर्को प्रचलित शर्तमा नगद तथा जिन्सी ठेका पर्दछ । अरूको हकको जग्गा लिएर कमाएको सम्पूर्ण जग्गा मध्ये २३ प्रतिशत जग्गा नगद ÷ जिन्सी ठेक्का बुझाउने शर्तमा लिएर कमाएका थिए । बन्धकी राखेको जग्गा कमाउने अर्को प्रकारको व्यवस्था पनि चल्तीमा छ ।

प्रकाशित मिति: भाद्र २१ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend