Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान र इटहरीका युवा ब्राउन सुगरसहित समातिए

हाम्रो कोशी आवाज
असोज २ २०८०, मंगलबार
धरान र इटहरीका युवा ब्राउन सुगरसहित समातिए

धरानः प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई प्रकाउ गरेको छ ।
पक्राउ पर्नेमा धरान–१ का ३० वर्षीय सुशान्त रिजाल र इटहरी–२० बस्ने ३७ वर्षीय अमृत पुरी रहेका छन् । मोरङको विराटनगर महानगरपालिका वडा नं.१७ मटेरुवाबाट उनीहरु पक्राउ परेका हुन् । भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०५२ प २७१७ नम्बरको मोटरसाइकललाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागूऔषध ब्राउन सुगर १० ग्राम ३० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असोज २ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend