बिर्तामोडः झापाको दुई छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔँषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका झापाको बिर्तामोड नगरपालिक–३ बिर्ताबजारका २४ वर्षीय उत्सब चौधरीको साथबाट १ ग्राम ५ सय मिलिग्राम लागूऔषध बरामद गरेको छ ।
यसैगरी मेचीनगर नगरपालिका–९ झोडाका २० वर्षीय निर्दोस डाँगी र २७ वर्षीय साजन राजवंशीको साथबाट १ ग्राम ९ सय मिलिग्राम लागूऔषध ब्राउनसुगर फेला पारी बरामद गरेको थियो ।