धरानः पेटको समस्या ग्यास्ट्रिकजस्ता सामान्य जस्तो लाग्ने रोगदेखि लिएर क्यान्सरजस्ता रोगको सिकार हुनुपर्ने भएकाले बेलैमा सचेत हुनुपर्ने डा. सन्दीपराज बज्राचार्यले बताएका छन् ।
पेटसम्बन्धी जटिलभन्दा सटिल समस्या पनि भएपनि यसको उपचार र खानपानमा ध्यान दिन सके रोगको निदान पनि गर्न सकिने डा.बज्राचार्यले बताएका हुन् ।
ज्ञानमाला संघ सुनसरीले आफ्नो रजत जयन्तिको अवशरमा बुद्ध विहार धरान–८ मा उक्त शिविर सम्पन्न गरेको हो । शिविरमा ६८ जना बिरामीको जाँच गरिएको थिए । बिमारीहरुलाई म्यानस फर्माले आवश्य औषधि निःशुल्क उपलब्ध गराएको थियो भने बिर्तामोड डायोनोस्टिक सेन्टर एण्ड पोलिक्लिनिक धरानले निःशुल्क प्रेसर सुधर जाँच गर्नुका साथै सहुलियत दरमा अन्य जाँच गर्ने सुविधा प्रदान गरेको कार्यक्रम संयोजक रेवा श्रेष्ठले बताइन् ।
ज्ञानमाला संघ सुनसरीका अध्यक्ष एवं लोकप्रिय गायिका रमना श्रेष्ठको अध्यक्षमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि बुद्ध विहार धरान ८ की अध्यक्ष प्रमुख अथिति रहेका थिए । बुद्धको शिक्षालाई भजनको माध्यमद्वारा जनमानसमा पुरयाउनु ज्ञानमाला संघको उद्देश्य भएको अध्यक्ष श्रेष्ठले बताउँदै आरोग्य हुनु र आरोग्य हुन सहयोग गर्दा ठूलो पुण्य लाभ हनुे कुरा भगवान बुद्धले बताएको कुरा स्मरण गराउँदै चिकित्सक एवं सम्पूण टिमलाई आभार व्यक्त गरिन् ।
रजत जयन्ति विभिन्न कार्यक्रम गरेर मनाउने क्रममा यस निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर आफूहरुलाई पनि सेवा गर्न अवसर दिएकोमा डा. बज्राचार्यले खुशी व्यक्त गर्दै सामाजिक काममा आफू सर्धै सर्मपित हुने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा शिविर व्यवस्थापन समितिका सदस्य मोहन श्रेष्ठ, महिला सञ्जालकी पूर्व अध्यक्ष शिला बज्राचार्यलगायत संघका पदाधिकारी एवं विहारका उपासक उपासिकाहरुको बाक्लो उपस्थिति रहेको थियो । शिविरको औपचारिक कार्यक्रम सञ्चालन चन्द्रा हलवाईले गरेकी थिइन् ।
