Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लाइसेन्स भाडामा लगाउँदा फर्मासिस्ट पेशा बदनाम

हाम्रो कोशी आवाज
असोज ९ २०८०, मंगलबार
लाइसेन्स भाडामा लगाउँदा फर्मासिस्ट पेशा बदनाम

विराटनगरः दक्ष फर्मासिस्टहरु गुणस्तरीय स्वास्थ्य प्रणालीका खम्बा भएकोले कसैले पनि आफ्नो लाइसेन्स भाडामा लगाउन नहुने विज्ञ शिक्षक, अध्यनरत विद्यार्थीहरुले गुनासो गरेका छन् ।
मनमोहन प्राविधिक विश्वविद्यालयको मेडिकल एण्ड एप्लाइड हेल्थ साइन्स स्कुलअन्र्तगत स्नातक तहमा बीफार्मेसी अध्यन गरिरहेका विद्यार्थी र विज्ञ शिक्षकहरुले विश्व फर्मासिस्ट दिवसको अवसरमा आयोजित कार्यक्रममा लाइसेन्स भाडामा लगाएर औषधि बेचबिखन गर्दा सिङ्गो पेशा बदनाम भइरहेको गुनासो गरेका हुन् । उनीहरुले देशमा दक्ष फर्मासिस्टहरुको माग उच्च भएकोले उच्च तहको शिक्षामा सबैको पहुँच हुनुपर्नेमा बताएका छन् ।
फर्मासिस्ट तथा मनमोहन प्राविधिक विश्वविद्यालयका फार्मेसी विभाग प्रमुख शाहीविजय रिजालले विना दक्षता र ज्ञान नभएकाहरुले गर्दा फर्मेसी पेशा बदनाम भइहरकोले अनुगनमन गरी विकृति नियन्त्रण गर्नुपर्नेमा जोड दिए । उनले फार्मेसीको लाइसेन्स भाडामा लगाउनु भनेको चिकित्सकले नपढेकोलाई लाइसेन्स भाडामा लगाएर उपचार गराई बिरामीको ज्यान लिनुसरह हो भने । विभागीय प्रमुख रिजाललले पढे लेखेका दक्ष औषधी विज्ञहरुले पर्दा पछाडिको हिरो बनेर काम गर्नुपर्नेमा जोड दिए ।
रजिष्ट्रार डा दिलनाथ फुँयालले मनमोहन विश्वविद्यालयको फार्मेसी ल्याबलाई आफैले औषधि परीक्षण गर्नसक्ने मेघा ल्याबमा स्तरोन्नति गर्न लागेको बताए । उनले देशमा दक्ष फर्मासिस्टहरुको अभावलाई ख्याल गरेर मनमोहनले बीफार्मेसीको पठनपाठन शुरु गरेको र चाँडै व्याचलर अफ नेचुरोपेथी, पब्लिक हेल्थ र केमिकल टेक्नोलोजी विषयमा पनि स्नातक तहको पठनपाठन गर्न लागेको जानकारी गराए । मनमोहनमा अध्ययन गरिरहेका बीफार्मेसीका विद्यार्थीहरु दक्ष फर्मासिस्ट बनेर सेवा दिन सक्षम हुने रजिष्ट्रार फुँयालले विश्वास व्यक्त्त गरे ।
विश्वविद्यालयका कानुनी सल्लाहकार कोषराज न्यौपानेले दक्ष फर्मासिस्टहरुविना समग्र स्वास्थ्य प्रणाली भरपर्दो हुन नसक्ने भएकोले फार्मेसी पेशाको विकृति नियन्त्रण गर्न सरकारले आवश्यक कानुन बनाउनुपर्नेमा जोड दिए । निमित्त परीक्षा नियन्त्रक भीम काफलेले विश्वविद्यालयको परीक्षा प्रणालीलाई गुणस्तरीय बनाउँदै समयमै परीक्षाफल प्रकाशित गर्न आफूहरु निरन्त लागिपरिहने बताए ।
हरेक वर्षको २५ सेप्टेम्बरका दिनलाई विश्व फर्मासिस्ट दिवसका रुपमा मनाउने गरिन्छ । मनमोहनमा बी फार्मेसीमा अध्यनरत विद्यार्थीहरुले कविता र वक्तृत्वकला प्रस्तुत गरेर सोमबार २५ औ विश्व फर्मासिस्ट दिवस मनाएका थिए । उनीहरुले आगामी दिनमा अझै प्रभावकारीरुपले दिवस मनाउने प्रतिबद्धता पनि जनाए ।

प्रकाशित मिति: असोज ९ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend