Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

केन्द्रको निर्देशन नआएसम्म सेवामा नफर्किने भन्दै अझै धरानको बीपी प्रतिष्ठानका डाक्टर आन्दोलनमा

हाम्रो कोशी आवाज
असोज १० २०८०, बुधबार
केन्द्रको निर्देशन नआएसम्म सेवामा नफर्किने भन्दै अझै धरानको बीपी प्रतिष्ठानका डाक्टर आन्दोलनमा

धरानः केन्द्रको निर्देशन नआएसम्म धरान बीपी प्रतिष्ठानका जुनियर रेसिडेन्ट (आवासीय चिकित्सक) हरु पनि सेवामा नफर्किने घोषणा गरेर आन्दोलित भएपछि बीपी प्रतिष्ठान अस्तव्यस्त बनेको छ ।
देशको विभिन्न स्थानका अस्पतालहररुमा डाक्टरमाथि आक्रमण भएको घटनाको विरोधमा धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेसिडेन्ट (आवासिय चिकित्सक) हरुले पनि एकेडेमिक क्षेत्र, ओपिडी सेवा र इर्मजेन्सी सेवा समेत बहिष्कार गर्दा बिरामीहरुको बेहालको अवस्था भएको हो ।
प्रतिष्ठानका जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका सचिव डाक्टर चन्दन चौधरीले केन्द्रको निर्णय नआएसम्म आफूहरु सेवामा नजाने बताए । पोखरास्थित मणिपाल अस्पतालमा डाक्टरमाथि कुटपिट भएको विरोधमा देशभरका जुनियर रेसिडेन्टहरुले आकस्मिक सेवा, पठनपाठनसमेत छोडेर आन्दोलनमा छन् ।
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकमाथि दुर्व्यवहार तथा स्वास्थ्य संस्थामा आक्रमण गर्ने व्यक्तिलाई कारबाही हुने कानुनी व्यवस्थासम्बन्धी जानकारी समेटिएको सूचना पाटी राख्न सबै स्वास्थ्य संस्थालाई परिपत्र गरेको छ । तस्वीरः लक्ष्मण थापा

प्रकाशित मिति: असोज १० २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend